मनाङमा एमाले उम्मेदवार पोल्देन छोपाङ गु्रुङ विजयी

मनाङमा एमाले उम्मेदवार पोल्देन छोपाङ गु्रुङ विजयी


मनाङमा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ २३०० मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्धन्दी टेक वहादुर गुरुङले २०२१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका गुरुङले २७९ मत अन्तरले निर्वाचित भएको छ । प्रतिनिधि सभामा जम्मा १६ मत बदर भएको थियो ।

देश भरमा नै सवैभन्दा थोरै मतदाता संख्या भएको मनाङमा ५ हजार ८ सय ८१ मतमा ४ हजार ३ सय २१ मत मात्र खसेको थियो । पोल्देन छोपाङ गुरुङ राजनितिमा लागेको धेरै समय भएको छैन भने टेक वहादर गुरुङ पटक पटक नेपाली काँग्रेसको जिल्ला सभापति भएका र दोस्रो संबिधान सभाको निर्बाचनमा सबिधान सभा सदस्यमा विजयी भएका थिए ।

त्यस्तै, प्रदेश सभा १ मा नेपाली काँग्रेसका चिन्ता बहादुर घलेले ९९८ मत प्राप्त निर्वा्िचत भएका छन । उनका प्रतिद्धन्दी धोर्जे डण्डुल घलेले ८९६ मत प्राप्त गरेका छन् । काग्रेसका चिन्ता बहादुर घले १०२ मतको अन्तरले निर्वाचित भएका हुन् ।

उता, प्रदेश सभा (ख) को उम्मेदवार बनेका राजिव गुरुङ (दीपक मनाङे) विजयी भएका छन् ।