प्रतिनिधिसभा र प्रदेश सभाको लागि हिजो विहिबार दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै शुरु भएको मतगणनाका परिणामहरु प्राप्त हुन थालेका छन् । कतिपय जिल्लामा त मतगणना सकिएर परिणामसमेत घोषणा गरिएको छ ।
पहिलो चरणअन्तर्गत गत १० गते भएको निर्वाचनको मतगणनाका परिणाम धमाधम सार्वजनिक हुन थालेका छन् । जसअनुसार पूर्वी रुकुममा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्र नेतृ कमला रोका विजयी बनेकी छिन् । उनलाई १० हजार ४ सय ३४ मत प्राप्त भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी हरिशंकर घर्ती मगरको पोल्टामा जम्मा ४ हजार ४ सय ६ मत मात्रै परेको छ । कमला रोका संघीय प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सांसद बन्न पुगेकी छिन् । रुकुम पश्चिममा पनि बाम गठबनधनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा विजयको निकट पुगेका छन् ।
यस्तै मुस्ताङमा बाम गठबन्धनका तर्फबाट एमालेका प्रेम तुलाचन प्रतिनिधिसभामा विजयी बनेका छन् भने मनाङमा पनि बाम गठबन्धनकैतर्फबाट एमाले उम्मेदवार पाल्तेन गुरूङ विजयी बनेका छन् ।
यसैगरी मनाङको प्रदेश (ख)को परिणाम आएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका दिपक मनाङ्गे भनिेर चिनिने राजीव गुरुङ १४१० मत पाएर विजयी बनेका छन् । त्यहाँ गुरुङलाई नेकपा एमालेसहितको बाम गठबन्धनले सहयोग गरेको थियो ।
प्रतिक्रिया