पर्यटकलाई सिंहहरुले खाए

पर्यटकलाई सिंहहरुले खाए


लण्डन । दिनभरि जिम्बाब्वेको राष्ट्रिय निकुञ्जभित्र रहेको मानापुल्समा माछा मारिसकेछि नुहाइरहेका अवस्थामा पाँचवटा सिंहहरुले पिट एभरशेडमाथि आक्रमण गरेका थिए । गत शुक्रवारको दिनमा हरारेका ५९ वर्षीय विवाहित व्यापारी आफ्नो सालासँग निकुञ्जमा केही दिनदेखि बस्दै आएका थिए । जिम्बाब्वे नदीको छेउमा अवस्थित निकुञ्ज अफि्रकाका ती निकुञ्जहरुमा पर्दछ जहाँ पाहुनाहरु स्वतन्त्र रुपमा वन्यजीवन अवलोकन गर्नको लागि हिँड्डुल गर्न सक्छन् भनेर पुस्तकहरुमार्फत मार्ग दर्शनको रुपमा प्रबर्धन गरिएको छ । जिम्बाब्वेका कन्जरभेशन टास्क फोर्सका प्रवक्ता जाँनी रोडरिग्सले सो घटनालाई उद्धृत गर्दै, “एभरशेडका साथीले हिंस्रक आक्रमण गरेको देखेपछि केही राउण्ड गोली ती सिंहहरुलाई तर्साउनको लागि चलाएका थिए, तर, उनीहरुका प्रयास ढिलो भइसकेको थियो र उनीहरुले मद्दतका लागि केही गर्न सकेनन्” भनेर जनाएकाछन् । मान्छेहरुले हेर्दा-हेर्दै ती सिंहहरुले मान्छेलाई खाइसकेका थिए । प्रवक्ता रोडरिग्सका अनुसार यो दुःखदायी घटना पछिल्लो घटनाहरुमध्येको एउटा हो र निकुञ्जका पशुहरुमात्र नभई बाहिरका जंगली हिंस्रक पशुहरु भोकाएको बेलामा आक्रमण गर्दछन् भनेर प्रकाश पारेकाछन् । निकुञ्जका क्याम्पहरु र निकुञ्जका निकै ठूलो भागहरुमा सुरक्षाको लागि बार-बन्धन नरहेको समाचारमा बताएकाछन् । श्रोत-मेट्रो, सुमल, मेस ।