मतगणनाको पछिल्लो जानकारीअनुसार बाम गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २४ क्षेत्रमा अग्रता लिएको छ भने नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अग्रता कायम राखेको छ ।
मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् भने मुस्ताङका एमाले उम्मेदवार इन्द्रधारा विष्ट मुस्ताङ प्रदेशसभा (क) बाट विजयी भएका छन् ।
मनाङमा एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन्, प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे विजयी बनेका छन् ।
रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका प्रतिनिधि सभामा विजयी बनेका छन् भने गोरखामा लोकतान्त्रिक गठबन्धनका बाबुराम घट्टराई र बाम गठबन्धनका नारायणकाजी श्रेष्ठबीच कडा टक्कर देखिएको छ ।
एक घण्टाअघिसम्मको मतगणनाको परिणामअनुसार एमाले अग्रस्थानमा रहेको छ । एमालेले अग्रता लिएका क्षेत्रहरुमा सिन्धुपाल्चोक २, मुगु, डोल्पा, दार्चुला, बझाङ, म्याग्दी, बाग्लुङ १, नुवाकोट–२, धादिङ–१, धादिङ –२, दोलखा, सोलुखुम्बु, ओखलढुङ्गा, ललितपुर २, ताप्लेजुङ, पाँचथर र खोटाङ रहेका छन् ।
यस्तै, माओवादी केन्द्रले अग्रता लिएका क्षेत्रहरुमा रोल्पा, बाग्लुङ २, गोरखा १, भोजपुर, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, सिन्धुपाल्चोक १, रामेछाप, लमजुङ, बैतडी र जुम्ला रहेका छन् ।
यसैगरी, कांग्रेसले अग्रता लिएका क्षेत्रहरुमा बाजुरा, नुवाकोट–१, रसुवा, संखुवासभा र ललितपुर ३ रहेका छन् ।
प्रतिक्रिया