रुपन्देहीमा सर्वदलीय बैठक अहिले सम्म बस्न सकेको छैन् । बिहीबार, सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने भएपनि हालसम्म सर्वदलीय बैठक बस्न नसकेको हो ।
यसैकारण निर्वाचन क्षेत्र नं. ४ र ५ को मतगणनामा ढिलाइ भएको छ । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतगणना गर्न सहमति जुटिसकेको बताइन्छ ।
उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेको बताइएको छ । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको मतगणना भैरहवामा हुने बताइन्छ ।
प्रतिक्रिया