वेलायतमा नेपाली योग समूह गठन

वेलायतमा नेपाली योग समूह गठन


अल्डरसट, यूके । योग गरौं निरोगी रहौं भन्ने नाराका साथ पतञ्जली योगपीड यूके ट्रस्टको सहयोग तथा शिव कल्चरल र कम्युनिटिको आयोजनामा गत अक्टोवर ३० र ३१ तारिखका दिन, अल्डरसटमा २ दिने योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रवण पोद्वारले प्रशिक्षण गराएका सो तालिमको उद्घाटन ट्रस्टकी ट्रस्टी सुनिता पोद्वारले उद्घाटन गरेकिथिईन् । २ दिनसम्म सञ्चालन भएको, सो तालिममा ५५ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिनुका साथै प्राण-योग नेपाली समूह पनि गठन गरिएको छ ।
सबैलाई निरोगी बनाउने र योगको प्रचार प्रसार तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको उक्त समूहको अध्यक्षमा सर्वसम्मतबाट आत्माराम दाहाल चुनिएका छन् भने उपाध्यक्षमा चिरञ्जिवी पौडेल र सचिवमा मुलिवीरलाई रहेएका छन् ।
त्यसैगरी, सहसचिवमा सुषमा सैजु, कोषाध्यक्षमा शीला न्यौपाने र सदस्यहरुमा क्रमशः जगदीश पौडेल, रमा बानिया, युवाराम गुरुङ्ग, याम सुनुवार, प्रकाश गौतम, मोहन शर्मा र रचना पौडेल रहेका छन् ।
-योगराज लाई, मेस