आमचुनाव २०१० तथा डा.आङसान सू किई

आमचुनाव २०१० तथा डा.आङसान सू किई


प्राप्त समाचार अनुसार झण्डै २० वर्षको अन्तरालपछि म्यानामारका सैनिक शासकहरुले यसै वर्ष (बर्मा) म्यानामारमा आम चुनाव गर्ने घोषना गरेका छन्, तर, चुनावको मिति तोकिएको छैन । सन् १९९०को आम चुनावमा श्रीमती आङ सान् सू किई, नेशनल लिग फर डेमोक्रेसीकी नेतृले भारी मतलिएर चुनाव जितेकिथिईन् र देशको पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर जनताले उनलाई दिएका थिए । तर, उनको जीतलाई अवैधानिक ठहर गरेर सैनिक शासनअन्तर्गत देशलाई विगत २० वर्षदेखि सेनाद्वारा एकछत्र शासन गर्दै आएका छन् ।

लगभग २००० भन्दा बढी राजनीतिक बन्दीहरु देशका विभिन्न कैदखानाहरुमा बन्दी बनाएर राखेका छन् । सन् १९९०को आमचुनाव भन्दा पहिलेदेखि नै बन्दी बनाएकी नेतृ आङ सान्लाई पटक-पटक गरी १४ वर्षभन्दा बीढ समय कैदखाना र उनकै घरमा कैद गरेर राखेका छन् । महात्मा गान्धीलाई आदर्श मान्ने नेतृ आङ सान् धेरै अन्तर्राष्ट्रिय पुरुष्कारहरुबाट सुशोभित भएका छन् । उनको मानव अधिकार र सत्याग्रह अन्दोलनको योगदानबापत नोवेल पुरुष्कारलगायत जवाहारलाल नेहरु पुरुष्कार, राफ्टो पुरुष्कार र स्वतन्त्र विचारको सखारोभ पुरुष्कारहरु प्राप्त गरिसकेकी छिन् । उनलाई आदरका साथ म्यानामारका जनताले वयोवृद्ध र माथिल्लोतहका व्यक्तित्वहरुलाई बोलाउने दाउ शब्दले सम्बोधन गर्छन् जसको साहित्यिक अर्थमा काकी जनाउँछ । उनले प्रारम्भिक शिक्षा म्यानामार, त्यसपछि भारतमा (जब उनकी आमा नेपाल र भारतका लागि बर्माको राजदूत बनेर गएकिथिईन्) र अन्तमा बेलायतको स्कुल आफ अरियण्टल एण्ड अफ्रीकन स्टडीज, लण्डन विश्वविधालयबाट विद्यावारिधि प्राप्त गरेकि छिन् । म्यानामारका जनताले उनका पिता जर्नेल आङसानलाई आधुनिक म्यानामारको पिता मान्दछन् । उनका पिताले बर्माको स्वतन्त्रताको लागि सन् १९४७मा बेलायतसँग सम्झौता गरेका थिए र आधुनिक म्यानामारको सेनाका संस्थापक पनि थिए । तर, उनको पितालाई त्यसै वर्ष उनका विरोधीहरुले हत्या गरेका थिए । तिबेतियन संस्कृति र संस्कारको विज्ञ डाक्टर माइकल अरीससँग आङ सान्को सन् १९७२मा प्रेम विवाह भएको थियो । डाक्टर माईकलबाट उनका दुर्इजना छोराहरु छन् । सन् १९८८ सम्म उनी विदेशमा नै पतिसँग बस्दै आएकिथिईन्, तर, त्यसैवर्ष उनको बीरामी आमालाई म्यानामारमा उनी हेर्न आएकिथिईन् । म्यानामारको जनताहरुले मिलिटेरी शासकहरुबाट भोग्नु परेको दमन र शोषनमा पीडित जनताहरुको उद्वारका लागि लोकतन्त्रलाई समर्थन गर्दै त्यसैवर्ष उनी नेशनल लिग फर डेमोक्रेसीको महासचिवको हैसियतमा राजनीतिक अभियानमा सरिक भएकिथिईन् । त्यसपछि १९९० को चुनावमा अत्याधिक मतबाट विजयी भएकिथिईन् । तर, सैनिक शासकहरुले उनलाई बन्दी बनाएर देश नेतृत्व गर्नबाट बञ्चित गरे । उनका पतिले पछिल्लो पटक क्रिसमसमा सन् १९९५मा भेटेदेखि सैनिक तानाशाहहरुले उनलाई म्यानामार प्रवेशका लागि भीसा आवज्ञा दिएनन् । उनी प्रोस्टैट क्यान्सरबाट पीडित थिए । अन्ततः पत्नीलाई भेट्न नपाई १९९९ उनको मृत्यु भएको थियो । १९८९ देखि १९९९सम्मको अवधिमा उनले आफ्नी पत्नीलाई केवल पाँच पटक भेटेका थिए । आङ सान् देशबाट निस्केर गएकी भए, सैनिक तानाशाहहरुले फर्केर आउन नदिने डरले उनी देशबाट बाहिर गईनन् ।

उनको एउटा अत्यन्त प्रभावशाली भाषण “डर बाट स्वतन्त्र”ले ठूलो ख्याती प्राप्त गरेको छ जो यसरी शुरु हुन्छ -“शक्तिले मान्छेलाई भ्रष्ट बनाउँदैन, मान्छेलाई भ्रष्ट डरले बनाउँछ” । सैनिक शासकहरुले उनलाई थुनेर राखे तापनि उनको अवाजलाई थुन्न सकेका छैनन् । अहिलेको चुनावमा उनलाई चुनावी अभियानमा रोक लगाउन र भाग लिन नपाउने गरी थप १८ महिनाको कैद सजाय दिएको छ ।

मई २००८मा पारित गरेको संविधानको धारा ५९को व्याख्याअनुसार कुनै पनि नागरिकले विदेशीसँग विवाह गरेको छ भने चुनावमा भाग लिन नसकने व्यवधान उल्लेख छ, जसले आङ सान्लाई चुनावमा भाग लिन नपाउने र बन्दीहरुलाई समेत चुनावमा भाग लिन नपाउने खालको नियम संविधानमा उल्लेख छ । दुर्इ वर्षअघि एकजना अमेरिकी नागरिकले उनको आवासस्थित पानीको ताल पौडी काटेर उनको घरसम्म पुगेर उनलाई भेटेको विषयलाई लिएर उनलाई थप १८ महिनाको घर-कैदको सजायँ दिएको छ । नेशनल लिग फार डेमोक्रेसीले यस चुनावमा भाग नलिने कुरा प्रकाश गरेका छन् । मानव अधिकारवादीहरु, राष्ट्रसंघ र अनेकौं राष्ट्रहरुको प्रयासले पनि आङ सानमाथि भएको अन्यायलाई सुल्टाउन सकेका छैनन् । यही आउँदो चुनावमा आङ सानको सहभागिताको वैधानिकतालाई लिएर अमेरिकालाई चासो बढेको छ र आङ सानले यस चुनावमा भाग लिन नपाउने हो कि भन्ने विषयमा चिन्तित देखिएको छ । हालै, उपल्लो तहको एकजना अमेरिकी कुटनीतिज्ञले आङ सानलाई भेटेका छन् तर उनीसित कुन विषयमा कुरा भयो त्यसलाई प्रकाशमा ल्याएका छैनन् । श्रोत -नेट, मेट्रो, सुमल, मेस