प्राप्त समाचार अनुसार झण्डै २० वर्षको अन्तरालपछि म्यानामारका सैनिक शासकहरुले यसै वर्ष (बर्मा) म्यानामारमा आम चुनाव गर्ने घोषना गरेका छन्, तर, चुनावको मिति तोकिएको छैन । सन् १९९०को आम चुनावमा श्रीमती आङ सान् सू किई, नेशनल लिग फर डेमोक्रेसीकी नेतृले भारी मतलिएर चुनाव जितेकिथिईन् र देशको पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर जनताले उनलाई दिएका थिए । तर, उनको जीतलाई अवैधानिक ठहर गरेर सैनिक शासनअन्तर्गत देशलाई विगत २० वर्षदेखि सेनाद्वारा एकछत्र शासन गर्दै आएका छन् ।
लगभग २००० भन्दा बढी राजनीतिक बन्दीहरु देशका विभिन्न कैदखानाहरुमा बन्दी बनाएर राखेका छन् । सन् १९९०को आमचुनाव भन्दा पहिलेदेखि नै बन्दी बनाएकी नेतृ आङ सान्लाई पटक-पटक गरी १४ वर्षभन्दा बीढ समय कैदखाना र उनकै घरमा कैद गरेर राखेका छन् । महात्मा गान्धीलाई आदर्श मान्ने नेतृ आङ सान् धेरै अन्तर्राष्ट्रिय पुरुष्कारहरुबाट सुशोभित भएका छन् । उनको मानव अधिकार र सत्याग्रह अन्दोलनको योगदानबापत नोवेल पुरुष्कारलगायत जवाहारलाल नेहरु पुरुष्कार, राफ्टो पुरुष्कार र स्वतन्त्र विचारको सखारोभ पुरुष्कारहरु प्राप्त गरिसकेकी छिन् । उनलाई आदरका साथ म्यानामारका जनताले वयोवृद्ध र माथिल्लोतहका व्यक्तित्वहरुलाई बोलाउने दाउ शब्दले सम्बोधन गर्छन् जसको साहित्यिक अर्थमा काकी जनाउँछ । उनले प्रारम्भिक शिक्षा म्यानामार, त्यसपछि भारतमा (जब उनकी आमा नेपाल र भारतका लागि बर्माको राजदूत बनेर गएकिथिईन्) र अन्तमा बेलायतको स्कुल आफ अरियण्टल एण्ड अफ्रीकन स्टडीज, लण्डन विश्वविधालयबाट विद्यावारिधि प्राप्त गरेकि छिन् । म्यानामारका जनताले उनका पिता जर्नेल आङसानलाई आधुनिक म्यानामारको पिता मान्दछन् । उनका पिताले बर्माको स्वतन्त्रताको लागि सन् १९४७मा बेलायतसँग सम्झौता गरेका थिए र आधुनिक म्यानामारको सेनाका संस्थापक पनि थिए । तर, उनको पितालाई त्यसै वर्ष उनका विरोधीहरुले हत्या गरेका थिए । तिबेतियन संस्कृति र संस्कारको विज्ञ डाक्टर माइकल अरीससँग आङ सान्को सन् १९७२मा प्रेम विवाह भएको थियो । डाक्टर माईकलबाट उनका दुर्इजना छोराहरु छन् । सन् १९८८ सम्म उनी विदेशमा नै पतिसँग बस्दै आएकिथिईन्, तर, त्यसैवर्ष उनको बीरामी आमालाई म्यानामारमा उनी हेर्न आएकिथिईन् । म्यानामारको जनताहरुले मिलिटेरी शासकहरुबाट भोग्नु परेको दमन र शोषनमा पीडित जनताहरुको उद्वारका लागि लोकतन्त्रलाई समर्थन गर्दै त्यसैवर्ष उनी नेशनल लिग फर डेमोक्रेसीको महासचिवको हैसियतमा राजनीतिक अभियानमा सरिक भएकिथिईन् । त्यसपछि १९९० को चुनावमा अत्याधिक मतबाट विजयी भएकिथिईन् । तर, सैनिक शासकहरुले उनलाई बन्दी बनाएर देश नेतृत्व गर्नबाट बञ्चित गरे । उनका पतिले पछिल्लो पटक क्रिसमसमा सन् १९९५मा भेटेदेखि सैनिक तानाशाहहरुले उनलाई म्यानामार प्रवेशका लागि भीसा आवज्ञा दिएनन् । उनी प्रोस्टैट क्यान्सरबाट पीडित थिए । अन्ततः पत्नीलाई भेट्न नपाई १९९९ उनको मृत्यु भएको थियो । १९८९ देखि १९९९सम्मको अवधिमा उनले आफ्नी पत्नीलाई केवल पाँच पटक भेटेका थिए । आङ सान् देशबाट निस्केर गएकी भए, सैनिक तानाशाहहरुले फर्केर आउन नदिने डरले उनी देशबाट बाहिर गईनन् ।
उनको एउटा अत्यन्त प्रभावशाली भाषण “डर बाट स्वतन्त्र”ले ठूलो ख्याती प्राप्त गरेको छ जो यसरी शुरु हुन्छ -“शक्तिले मान्छेलाई भ्रष्ट बनाउँदैन, मान्छेलाई भ्रष्ट डरले बनाउँछ” । सैनिक शासकहरुले उनलाई थुनेर राखे तापनि उनको अवाजलाई थुन्न सकेका छैनन् । अहिलेको चुनावमा उनलाई चुनावी अभियानमा रोक लगाउन र भाग लिन नपाउने गरी थप १८ महिनाको कैद सजाय दिएको छ ।
मई २००८मा पारित गरेको संविधानको धारा ५९को व्याख्याअनुसार कुनै पनि नागरिकले विदेशीसँग विवाह गरेको छ भने चुनावमा भाग लिन नसकने व्यवधान उल्लेख छ, जसले आङ सान्लाई चुनावमा भाग लिन नपाउने र बन्दीहरुलाई समेत चुनावमा भाग लिन नपाउने खालको नियम संविधानमा उल्लेख छ । दुर्इ वर्षअघि एकजना अमेरिकी नागरिकले उनको आवासस्थित पानीको ताल पौडी काटेर उनको घरसम्म पुगेर उनलाई भेटेको विषयलाई लिएर उनलाई थप १८ महिनाको घर-कैदको सजायँ दिएको छ । नेशनल लिग फार डेमोक्रेसीले यस चुनावमा भाग नलिने कुरा प्रकाश गरेका छन् । मानव अधिकारवादीहरु, राष्ट्रसंघ र अनेकौं राष्ट्रहरुको प्रयासले पनि आङ सानमाथि भएको अन्यायलाई सुल्टाउन सकेका छैनन् । यही आउँदो चुनावमा आङ सानको सहभागिताको वैधानिकतालाई लिएर अमेरिकालाई चासो बढेको छ र आङ सानले यस चुनावमा भाग लिन नपाउने हो कि भन्ने विषयमा चिन्तित देखिएको छ । हालै, उपल्लो तहको एकजना अमेरिकी कुटनीतिज्ञले आङ सानलाई भेटेका छन् तर उनीसित कुन विषयमा कुरा भयो त्यसलाई प्रकाशमा ल्याएका छैनन् । श्रोत -नेट, मेट्रो, सुमल, मेस
प्रतिक्रिया