तालेबान आक्रमण विफल बनाउने बीर गोरखा

तालेबान आक्रमण विफल बनाउने बीर गोरखा


लण्डन । एकजना वान आरजीआरका साहसी बीर गोरखा, सार्जन दिप प्रसाद पुनले एक्लैले दर्जनौं तालेबानी आक्रमणकारीहरुलाई रेम्बो स्टाइलमा उभेर मेशिनगनबाट गोलीको वर्षा गरेर आक्रमण विफल पारेको अदम्य साहसको चर्चा अहिले समाचारहरुमा प्रकाश पारेकाछन् । गोर्खा सैनिकको बहादुरीले विश्वलाई फेरि एकपटक गोर्खाको पहिचानलाई उजागर गरेको छ । उनी हेलमन्ड प्रान्तको नहर-ए-सराज चेकप्वाइन्टमा ड्यूटी दिइरहेको बेलामा एक्कासी कैयौ तालेबानी विद्रोहीहरुले चौकीमाथि आक्रमण गरे । हतार-हतार सार्जन दिप प्रसाद पुनले ३० पाउण्ड वजनको मेशिनगन् र मेशीनगन राख्ने ट्राइ-पोड उठाएर छानामाथि दौडँदै गए । उनले त्यहाँ मेशिनगन् ट्राइ पोडमाथि फिट गरेर गोली प्रहर गर्नखोज्दा पर्खालमुनि आडलिएर आक्रमण गर्दे फायर गरिरहेका विद्रोहीलाई लक्ष्य गरेर गोली प्रहर गर्न असुविधा भएकोले ट्राइ-पोडबाट गन झिकेर ट्राइ-पोड विद्रोहीहरुमाथि लक्षित गरेर फाल्दै रेम्बो स्टाइलमा ३० पाउण्डको मेशिनगन् उठाएर एक मिनटमा ७५० राउण्ड गोली वर्षा गर्न सक्ने मेशिनगनबाट शत्रुमाथि छानामाथि उभेर गोली वर्षाउन थाले ।

१५ मिनटसम्म दनादन् चलाएको गोली प्रहरमा ३ जना तालेबानीहरु मारिनुका साथै कैयो घाइते भएको आशंका गरेका छन् । त्यसपछि उनलाई मद्दतकालागि सहयोगीहरु आउने बेलासम्म शत्रुहरु मृतकहरु र घाइतेहरु लिएर भागेका थिए । यसरी एक्लै त्यत्रो भारी गन उठाएर शत्रुमाथि लक्षित गरेर जाइ-लाग्ने मानिसको असीम बल, साहस हुनुपर्छ, र आद्वितीय बल भएको मान्छेले मात्र यस्तो कार्य गर्नसक्छ भनेर समाचार श्रोतहरुले जनाएका छन् । उनले यति मात्र नभई एसए ८० राइफलमा ग्रेनेड फिट गरेर शत्रुमाथि प्रहार पनि गरेका थिए । ७ प्वाइन्ट ६२ एमएम मेशिनगन उठाएर यसरी शत्रुको छक्का छुडाउने, ३१ वर्षीय, सार्जन दिप प्रसाद पुनले प्रदर्शन गरेको बहादुरीको लागि साइटेशन (लडाइको मैदानमा बीरता देखाएबापत सिफारिस गरेर लेखिने प्रमाणित बृतान्त) लेख्नु अझ बाँकी रहेको समाचार श्रोतहरुबाट प्राप्त भएको छ ।

र्सार्जन पुनले १७ सेप्टेम्बर २०१० को दिनमा यो बहादुरी प्रदर्शन गरेका थिए । उनले यो बहादुरी देखाएवापत पदक पाउलान् अथवा नपाउलान् यो अहिल्ये नै भन्न सकिन्न । तर, उनको बहादुरीको चर्चा माथिल्लो तहसम्मकाले थाहा पाइसकेका छन् । आर्मीको प्रवक्ता, ले.कर्नल डेविड इष्टम्यानले, “उनी आफ्नो पल्टनका लागि अमूल्य सावित भएको छ” भनेर उद्धृत गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।