पूर्व सञ्चारमन्त्री सापकोटाभन्दा सञ्चारमन्त्री बस्नेत ३६ सय मतले पछाडि

पूर्व सञ्चारमन्त्री सापकोटाभन्दा सञ्चारमन्त्री बस्नेत ३६ सय मतले पछाडि


सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ३ हजार ६ सय मतले अझै पछाडि छन् । पूर्व सञ्चारमन्त्री अग्नी सापकोटाले १५ हजार तीन सय ३० मत प्राप्त गर्दा बस्नेतले ११ हजार सातसय १८ मत ल्याएका छन् ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ मा चुनावी प्रतिष्पर्धा गरिरहेका बस्नेत मतगणना सुरु भएदेखि नै पछाडि छन् । कुल खसेको मतमध्ये २८ हजार एक सय ७४ मत गन्दा जन समाजवादी पार्टीका उम्मेदवार हस्तबहादुर विश्वकर्माले पाँच सय ८१ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा १ मा एक लाख १४ हजार चार सय २३ मध्ये ७८ हजार सात सय ४९ मत खसेको थियो । सिन्धुपाल्चोकमा दुइवटा प्रतिनिधि सभा र चारवटा प्रदेशसभाको सदस्यको लागि मतदान भएको थियो ।

(मतगणना शुरु हुनुअघि सिन्धुपाल्चोकका उम्मेदवार)
– किशोर बुढाथोकी