दाङमा कांग्रेसका गिरी मात्रै अग्रस्थानमा

दाङमा कांग्रेसका गिरी मात्रै अग्रस्थानमा


नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक गिरी मतगणनामा अग्र स्थानमा छन् । उनीबाहेक दाङका सबै क्षेत्रमा बामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । कांग्रेसका गिरीले ८ सय ७ मतका साथ अग्रता लिएका छन् भने एमालेका हिराचन्द्र केसीले ७ सय ६८ मतका साथ पछ्यइरहेका छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनीधिसभा सदस्य उम्मेदवार माओवादी नेता कृष्णवहादुर महरा १ हजार ५ सय ८२ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिष्पर्धी कांग्रेसका राजु खनालले एक हजार ७३ मत प्राप्त गरेका छन् । यसैगरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि एमालेका मेटमणि चौधरी ७ सय ४३ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका सुशीला चौधरी ४ सय ९० मतका साथ मेटमणिलाई पछ्याइरहेकी छिन् । यसैगरि प्रदेशसभातर्फ बामगठवन्धनका सबै उम्मेदवारहरु अग्रस्थानमा छन् ।