स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा हुम्लामा विजयी

स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा हुम्लामा विजयी


हुम्लामा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन्।

लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुँदा  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरे। यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे।  प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए।