लण्डन । बचपनको अपराध र उपेक्षापूर्ण तिरस्कृत वातावरणको कारणबाट लागूपदार्थको भोगी, चोर, वेश्या बन्न पुगेकी वालओर्थ, साउथ लण्डनकी नताशाले आफू यो नारकीय जीवनबाट कसरी मुक्त भईन् भन्ने तथ्या कुरा प्रकाश पारेकी छिन् । नताशा सानै छँदा उनको बाबा र आमा छुटि्टएका थिए । बाबा आमा दुबै लागूपदार्थको कुलतमा फँसेका थिए । तिनलाई किशोरवयमा पदार्पण हुनुअगावै बाबाआमाले लावारिशे हालातमा छोडेका थिए । जन्मेदेखि नै बाबाआमाको हेल्चेक्रयाइँ सहेकी नताशाको आमाले उनलाई कहिल्यै स्याहार नगर्ने सधैं नशामा धूत् रहन्थिन् । मैलो वातावरण र घरको हालतले गर्दा नताशा सानै उमेरबाट रक्सी सेवन गर्ने निशाढी बनिन् । माया र स्नेहबाट बञ्चित नताशा किशोर अवस्थामा पुगुन्जेल लागूपदार्थको भोगी र रक्सी सेवन गर्ने कुलत लाग्यो ।
यस चिजलाई आपूर्ति गर्नको लागि सानैबाट खराब साथीहरुको संगत गरेर कार चोरी गर्ने र वेश्यावृतिमा संलग्न हुँदै गईन् । बिहानैदेखि रक्सी खान्थिन्, दिनको ११ बजेसम्म नताशा रक्सिको मातमा धुत् भइसकेकी हुन्थिन् । १५ वर्षको उमेरसम्म पुग्दा उनले दिनभरि रक्सी र लागूपदार्थको सेवन गर्ने भइसकेकी थिईन् ।
अहिले उनी २४ वर्षकी उमेरमा दुर्इ बच्चाकी आमा बनेकीछिन् । उनको भनाइअनुसार त्यस नारकीय जीवनबाट उम्कने कुनै उपाय थिएन । यथार्थमा वेश्याको जिन्दगी बिताउँदै लागूपदार्थको सेवनबाट अन्ततः जीवन खत्तम हुने थियो भनेर विगत सम्झिन्छिन् । आफ्नो पढाइबारे सधैँ लापरवाही र कहिल्यै रुची भएन उनलाई । तर, उनले होश सम्हालेपछि आफ्नो आमालाई लागूपदार्थको लतबाट छुटाउने प्रयास पनि गरेकी रहिछन् र यस विषयलाई लिएर सधँै घरमा झगडा पनि हुने गर्दथ्यो । त्यसपछि आफूलाई भुलाउनको लागि रक्सी सेवन गरेको कुरा भन्छिन् । यस्तो नारकीय जीवनबाट वाक्क भएर नताशाले एकदिन आफूलाई सुरक्षा र देखभाल गर्ने दाताको शरण, किड्स कम्पनीमा पुगिन र युवा क्लबमा भर्ना भईन् ।
नताशाको जीवनको पाटामा त्यसपछि ठूलो परिवर्तन आयो र तिनले किड्स कम्पनी र त्यस कम्पनीसँग आबद्ध व्यक्तिहरुलाई प्रशंसा गर्दै भन्छिन् – “उनीहरुलाई हामी जस्ताहरुको जीवनको समष्या वास्तवमा नै कहाँ छन् र कसरी समाधान गर्नुपर्छ भन्ने कुराको ज्ञान भएर नै हामीहरु जस्तालाई उद्वार गर्छन्” । नताशाले त्यही किड्स कम्पनीमा गएपछि ह्यामारस्मिथ कलेजबाट बी.टेकसम्म पढाइ पूरा गरेकी छिन् । त्यसपछि आफ्नो पढाइलाई निरन्तरता दिएर रोचेम्पटन् युनिभर्सिटीबाट पर्फर्मिङ आर्टस्मा डिग्री हासिल गरिसकेकी छिन् । अहिले आफ्नो जीवनसित संतुष्ट भएकी नताशाले सामन्य जीवन बिताइरहेकी छिन् । सभार मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया