सगरमाथा चढ्ने होडमा फेरि कीर्तिमानहरु

सगरमाथा चढ्ने होडमा फेरि कीर्तिमानहरु


लण्डन । प्रत्येक वर्ष प्राय हिमाल अरोहण गर्ने याममा प्राप्त हुने समाचारहरुमा सगरमाथा चढ्ने पर्वतआरोहीहरुले नयाँ-नयाँ कीर्तिमान राख्ने कुराहरु प्रकाशमा आउँछन् । यस वर्ष पनि यो कीर्तिमान राख्ने क्रम पर्वतारोहीहरुले कायम गरेका छन् । सन् १९५३, मई महिना २९ तारिखको दिन ठीक ११:३०बजे सगरमाथामाथि पहिलोचोटि मानव पाइला टेक्दा विश्वभरि सनसनी फैलिएको थियो । ती भाग्यमानीहरु नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्ड निवासी, सर एडमण्ड हिलारी थिए । सगरमाथा अरोहण गर्ने सिलसिला सन् १९२२ देखि एउटा बेलायती आरोहीहरुबाट शुरु भएको हो । हुन त एक वर्षपहिले नै १९२१ मा पनि बेलायतको एउटा अध्ययन टोलीले सगरमाथाको क्षेत्र र स्थितिबारे अवलोकन गर्न सगरमाथा क्षेत्रमा गएका थिए । सन् १९२२ देखि शुरु गरिएको सगरमाथा अरोहणको प्रयास ३१ वर्षपछि १९५३मा मात्र सफलता प्राप्त गरेका थिए । त्यसपछि सगरमाथा अरोहणमा कीर्तिमानको सिलसिला प्रारम्भ हुन्छ ।

एक्काईसौ शताब्दिसम्म आइपुग्दा धरै कीर्तिमानहरु स्थापित भइसकेका छन् । यस वर्ष पनि केही कीर्तिमान राख्न सफल भएका छन् । बेलायतबाट सबैभन्दा बेलायती कम उमेरकी महिलामा २२ वर्षीया ओकिङ्घम, ब्राकसायरकी बनिता नरिसाले सगरमाथा चढेर कीर्तिमान राख्न सफल भएकी छिन् । भनिन्छ -आँटे असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ । सन् २००८मा एकदिन सबेरै निंदबाट ब्यूँझनेबित्तिकै सगरमाथा चढ्ने अभिलाषा नरिसाको मनमा पलाएपछि अठोट लिएर सगरमाथा चढ्ने प्रयासमा रहेकी थिईन् । परिवारले तत्कालै सगरमाथा अरोहण गर्ने अप्ठ्यारो अभियानलाई सहमति नदिए तापनि पछि उनको दृढतालाई मध्येनजर गरी सपलता प्राप्त गरोस् भनी साथ दिएका थिए । अन्ततोगोत्वा, उनी आफ्नो मिसनमा कीर्तिमान राख्दै सफल बन्न पुगिन् ।

यसै वर्ष फेरि एकजना अर्को बेलायती पर्वतारोही ३६ वर्षीय केन्टन कूलले आठौंपटक सगरमाथा आरोहण गरेर सर्वाधिक सगरमाथा आरोहण गर्ने बेलायती बन्न पुगेका छन् । त्यस्तै अर्को कीर्तिमान १५०वटा राष्ट्रहरुमा साइकल यात्रा गरेर नेपालका विश्वसाइकल यात्री पुष्कर शाहले आफूले भ्रमण गरेका १५०वटा राष्ट्रहरुको झण्डा सगरमाथाको चुचुरोमा झण्डोत्तलन गरेर नयाँ किर्तिमान राखेका छन् ।
श्रोत टेलिग्राफ,नेस- सुमल, मेस ।