झुक्किएर एकजना मान्छेले कैंची निले

झुक्किएर एकजना मान्छेले कैंची निले


लण्डन । दाँत सफा गर्ने क्रममा एउटा नेल कैंची झुक्किएर निल्न पुगेका एकजना मान्छेको जीवन चिनियाँ र्सार्जनहरुले बचाएका समाचार प्राप्त भएको छ । घाँटीको नलीलाई आफैले क्षति पुर्‍याएको व्यक्तिका एक्सरेको छविहरुलाई देख्दा कसरी र्सार्जनहरुले बचाएका होलान् भनेर ताज्जुब लाग्दछ । खानाखाएपछि टूथ पिकको सट्टा दाँत सफा गर्नको लागि लिनकोङ नाम गरेका व्यक्तिले चार इन्च लामो नेलकैंची पैचो ल्याएका थिए । दाँत सफा गरिरहेको बेलामा एकजना संगै बेसका साथीले उनलाई एउटा जोक सुनाएका थिए । जोक सुनेर लिनकोङ हाँस्दा स्वाट्टै कैंची निली पठाएका रहेछन् । त्यसपछि उनले खाँसेर कैंची निकाल्ने कोशिस गर्दा कैंचीको चुच्चोवाला टुप्पो माथिपटि्ट फर्केको हुनाले घाँटीभित्र कंैची झनै धस्सिएर घाँटीको नलीलाई क्षति पुर्‍याएको थियो ।
पूर्वी चीनको पुटियन अस्पतालमा कार्यरत एकजना चेनवाइ नाम गरेका र्सार्जनले, “जब उनी अस्पताल आएका थिए त्यतिबेला उनको अनुहार बाङगिएको थियो, पसिनाले लोथ भएर अनुहार पहेंलिएको थियो साथै रगत मिस्सिएको थुक निस्किरहेका थियो, बीमारीलाई निल्न आप्ठ्यारो भइरहेका थियो” भनेर उद्धृत गरेका छन् । एक्सरेमा देखेअनुसार कैंचीको पूरै भाग मान्छेको स्वासनलीमुनि पाकस्थलीतर्फ जाने नलीमा फसेको थियो र तिखो चुच्चोपट्टिको भागचाँहि घाँटीको लोतीमा धस्सिएको थियो । स्थानीय अनाइस्थेटिक -घाँटीको क्षेत्रलाई मात्र) पद्धति अपनाएर र्सार्जनहरुले अपरेशन गरेर कैंची निकालेका थिए । अपरेशन केवल आधा घण्टाको समय लागेको थियो । “भाग्यवश लिनकोङको घाँटीमा ठूलो घाउँ भएको थिएन” भनेर र्सार्जन चेनले समाचार श्रोतहरुलाई बताएका छन् । श्रोत – टेल्रि्ग्राफ, सुमल, मेस ।