माइती नेपाललाई लण्डनमा सहयोग

माइती नेपाललाई लण्डनमा सहयोग


प्लम्स्टिड, लण्डन । अगत १६ तारिख सोमबार, नेपाल भूतपूर्व सैनिक संघ र नेप्लिज कम्युनिटि एन साउथ इष्ट लण्डनको संयुक्त आयोजनामा चेलीबेटी बेचविखनविरुद्ध नेपालमा कार्यरत संस्था माइती नेपाललाई सहयोग गर्ने अभिप्रायले एक सहयोग कार्यक्रम सम्पन्न भएको छ । माइती नेपालकी अध्यक्षा अनुराधा कोइरालाको बेलायत भ्रमणलाई सापेक्षता मिलाएर गरिएको सो कार्यक्रममा अध्यक्षा कोइरालाले सो संस्थाको बारेमा, नेपाली चेलीहरुको बेचविखनसम्वन्धी तथ्यहरुको बारेमा विस्तृतमा बोलेकिथिईन् ।

संस्थालाई आर्थिक सहयोग दिई साथ दिने व्यक्तित्वहरुलाई माइती नेपालकै तर्फबाट सम्मान गरिएको थियो, त्यसको लागि निम्नतम पचास पाउण्डको सहयोग राशी तोकिएको थियो । भूपू सैनिक संघका वर्तमान अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा बसेको सो कार्यक्रममा दूतावासका सहचारी गणेश अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।

माइती नेपाललाई आर्थिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुले आज अर्थात् १९ तारिखभित्र आफूले संकलन गरेका सहयोग रकमहरु माइती नेपालकी अध्यक्षा अनुराधा कोइरालालाई हस्तान्तरण गरिने भएको छ ।- प्लम्स्टिड मे.स.