अन्तिरम संविधान – एक वर्ष म्याद थप्ने तयारी

अन्तिरम संविधान – एक वर्ष म्याद थप्ने तयारी


प्रधान मन्त्री माधवकुमार नेपालले राष्ट्रपति डा. रामवरण यादवलाई संविधान सभाको म्याद एक वर्ष थप्न अन्तिरम संविधान संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका छन्। प्रधान मन्त्री नेपालले समयमा नै संविधान बन्न नसकेकाले म्याद थपका लागि संसदमा प्रस्ताव दर्ता गरेको जानकारी गराए। नियमित भेटमा राष्ट्रपति यादव र प्रधान मन्त्री नेपालबीच मुलुकको राजनीतिक अवस्थाबारे छलफल भएको थियो। प्रधानमन्त्री नेपालले निधारित मितिमा संविधान बन्न नसकेका कारण सरकारले नेपालको अन्तरिम संविधान- २०६३ मा आठौं संशोधन विधेयक व्यवस्थापिका-संसद्मा पेस गरेको जानकारी दिएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन्।

प्रधान मन्त्री नेपालले दलहरुका बीचमा संविधानसभाको म्याद थप्न सहमति बन्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री नेपालले आजै आफूले प्रमुख विपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी एक ठाउँमा बसेर छलफल गरी सहमतिमा पुग्न र संविधान संशोधनका विषयमा एक भएर जान आग्रह गरेको चर्चा गर्दै सहमति जुट्नमा आफू आशावादी रहेको बताए।

साभार: नागरिक न्यूज