अत्यधिक खुशी सहन नसक्ने महिला

अत्यधिक खुशी सहन नसक्ने महिला


लण्डन । शारोन विल्शनले अत्यधिक मात्राका खुशीका समाचारहरु पचाउन सक्दिनन् । खुशीयालीका अधिकतम सोँच मात्रले पनि उनलाई विमार बनाउँदछ । उत्तेजनाका तरङ्गहरुले अचानकै उनलाई वान्ता गर्न वाध्य बनाउँदछ ।
दुर्इ सन्तानकी आमा शारोनले एक दिनमा १४० पटकसम्म लगातार वान्ता गरेकिछिन् -उही अत्यधिक खुशीजनक उत्तेजनाको प्रकोपको रुपमा आउने अचानकको कोषीय हमलाले गर्दा । कहिलेकाहिँ लगातारका सोही वान्ताहरुले गर्दा तीन दिनसम्म ओच्छ्यान वा अस्पतालमा उनलाई बस्नु परेको छ । त्यसरी वान्ता गर्दा अनौठो किसिमले १० मिनेटको समयान्तरमा हुने गरेको आश्चर्य मान्दै शारोन बताउँदछिन् ।
थाकेर लखतरान भई नदिइन्जेलसम्म त्यसरी वान्ता गर्नुपर्ने अवस्थालाई कसैगरी पनि आफूले नियन्त्रणमा राख्न नसकेको बताउने शारोन, रमाइलोले गर्दा खुशी मनभरि जाग्न थाले पनि ध्यानलाई अन्तै लाने हजारौं कोशिसहरु असफल भएकाले दिक्क छिन् – म खुशी भएको हालातमा विरामी नभई रहन सक्दिनँ ।
सपरिवार पेरिस भ्रमण गर्ने लोग्नेको योजनाको समाचारले शारोनलाई २४ घण्टाभित्र १४० पटक वान्ता भएको थियो भने लासभेगासको ट्रिप केहीअगाडि क्यान्सल गरिएको थियो । आफ्नो घरमा पालिएकी कुकुर्नीले छाउराहरु पाएको देखेर खुशी भएकी शारोन विमारी परी दुर्इ दिन अस्पताल बसेकिथिईन् । डेनकास्टर निवासी ४७ वर्षीया शारोनलाई साइक्लिकल भोमिटिङ सिन्ड्रोम नामको रोग लागेको बताइएको छ, जो ब्रिटेनमा केही सय बालबच्चाहरुलाई लाग्ने गर्दछ, जुन समय बढ्दै जाँदा निको हुँदै जान्छ । दश वर्षसम्म पनि अनेकौं जाँचहरु गरे तापनि सही रोग पत्ता लगाउन नसकेको सोही समस्यालाई बितेको छ महिनाअगाडिबाट एण्टी माइग्रेन मेडिकेसन र डाइयाजेपानको कोर्सहरु दिँदै गरेकोमा यस अवधिभित्र एक पटक पनि वान्ता हुने रोगले हमला नगरेकोले आफ्नो जीवनप्रति अत्यन्तै आशावादी भएको शारोन बताउँछिन् जुन ससाना खुशीहरुमा रमाउन पनि थालिसकेकिछिन् ।
-देब, मेस, श्रोत सन, मेट्रो, केटर्स