ट्युसन-फी बढाउने सरकारी योजनाविरुद्धमा जुलुश

ट्युसन-फी बढाउने सरकारी योजनाविरुद्धमा जुलुश


लण्डन । आज, यूकेका विभिन्न क्षेत्रहरुबाट, अनुमान गरिएको भन्दा धेरै नै ज्यादा संख्या अर्थात् ५०,००० विद्यार्थीहरुले सेन्ट्रल लण्डनस्थित कन्जर्भेटिभ पार्टीको मुख्य कार्यालयका झ्यालका सीसाहरु फुटाउनेलगायत सो बिल्डिंगको छतमा अराजक झण्डा फहराएका छन् । सरकारले ट्युसन फीमा वृद्धि गर्ने अनि युनिभर्सिटी फण्डिंग हटाउने योजनाको विरोधमा पचासौं हजार विद्यार्थीहरु सेन्ट्रल लण्डनमा ओइरिए पनि ती समूहमा धेरै नै अराजकता मच्याउने खालका मानिसहरु पसी जुलुशलाई अराजक बनाएकोले सरकारप्रतिको आक्रोश व्यक्त गरी सरकारको ध्यानाकर्षण गर्ने अनि दबाब सिर्जना गर्ने ध्येय प्रतिकुल भएको आम धारणा रहेको छ ।
लण्डन मेयरले यो अल्पमतकाहरुको उपद्रो मच्याउने खेल मात्र भएको र जुन लण्डनको लागि अत्यन्तै दुःखदायी भएको रेडियोमा बताएका छन् । शिक्षा मन्त्रीले जुन प्रकारले विद्यार्थीहरुले आफ्नो असन्तोष जनाएका छन् त्यसको समाधान यसरी हुँदैन ।
जुलुशकर्ताहरुले मुख्य रुटलाई छाडेर अचानकै ३० मिलव्यांकको लबीलाई आफ्नो अधिकारमा लिन पुगेका थिए, जहाँ पुलिसहरु व्याटन लिएर बसेका थिए भने आखिरमा तीसँग, विद्यार्थीहरु प्ले कार्ड अनि बोत्तल तथा अण्डाहरु लिएर जाइ लागेका थिए । कम्ती विद्यार्थी तथा पुलिस गरी आठ जना घाइते भएका छन् भने सो मिलब्यांकलाई आन्दोलनमुक्त बनाउनका लागि आन्दोलन प्रहरीहरु टावरभित्र प्रवेश गरेकाथिए । मेट्रो पोलिटन पुलिस कमिस्नर सर पल स्टेफनसनले विद्यार्थीहरुको यस्तो प्रकारको व्यवहार अत्यन्तै अमान्य भएको अनि सो कृयाकलापले लण्डनलाई एक लाज मात्र दिएको सार्वजनिक गरेकाछन् ।
अधिकतम मात्राका जुलुशकर्ताहरु शान्तिकामी रहेका थिए तर अगुवाहरु अत्यन्तै उत्श्रृंखल अनि उदण्ड रहेका थिए । उपप्रधानमन्त्री क्लेगले चुनावी अवसरमा भोटको लागि आफूले कबोल गरेका वाचाविरुद्ध रहेकाले उनको विरोधमा नाराहरु लगाइएका थिए । चुनावी वखत क्लेगले ट्युसन फी ७००० पाउण्ड वर्षका दरले बढाइए पनि यो ठूलो विपत हो भनेका थिए भने अब त्यही फी ९००० पाउण्ड बढाउने भन्दा उनी कसरी व्याख्या गर्न सक्छन् – लेबर नेता हर्मनले बताएका छन् ।
आजको विशाल जुलुशको आयोजना एनयूएस र एनसीयूले गरेका थिए । दुबै संघहरुले, मिलिजुली सरकारको ९००० पाउण्डभन्दा ज्यादा ट्युसन फी बढाउने र युनिभर्सिटी टिचिंग बजेटको ४० प्रतिशत घटाउने योजनाको विरुद्धमा सडकमा आन्दोलनलाई शुरुवात गरेका थिए । अधिकतम फी, अण्डर ग्राजुएटका लागि २०१२ सम्ममा लागू गरिने छ यदि सो प्रस्तावलाई हाउस अफ कमनले पास गरे भने । भोट यही क्रिसमस अगाडि उठाइने छ ।-देब, मेस