कास्की क्षेत्र नं २ मा अधिकारी र ३ मा विश्वकर्मा विजयी

कास्की क्षेत्र नं २ मा अधिकारी र ३ मा विश्वकर्मा विजयी


प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ बाट नेकपा (एमाले)का उम्मेदवार जगतबहादुर सुनार विश्वकर्मा निर्वाचित भएका छन् ।

उनले ३२ हजार ६९० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत ल्याएका थिए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै विश्वकर्माले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र विकास निर्माणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो निर्वाचन क्षेत्रको कूल ८८ हजार ७१७ मतमध्ये निर्वाचनमा ६१ हजार ८९२ मत खसेको थियो ।

यसैगरी कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का खगराज अधिकारी ३९ हजार २४२ मतसहित विजयी बनेका छन् ।

राससका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापाले २५ हजार ८२६ मत प्राप्त गरे ।

अधिकारी पूर्वस्वास्थ्यमन्त्री हुन भने थापा वर्तमान कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुन् ।