गजल-बज्र कुमार राई

गजल-बज्र कुमार राई


तिमी थियौ तिम्रो न्यानो बर्को थियो।।
बेहोशी त्यो रातको कुरा अर्को थियो।।

डर थियो, प्रथम त्यो सामिप्यताको बेला,
चुस्की नशा र धूँवाको जोशिलो सर्को थियो।।

तनमन साटियो, रंगीन सपना साटियो,
अझै बाँकी तृष्णाको अतृप्त धर्को थियो।।

भाग्यमा आइपरेको स्वीकार्ने अठोट भए पनि,
कताकता दुबै मनभित्र नमीठो झर्को थियो।।

समाजको आँखा छली भेटेको त्यो रातमा,
बैश-प्रेम, मिलनको मूल्य चर्को थियो।।