भारतमा, भारतको यो दशकको ठूलो हवाइ दुर्घटना

भारतमा, भारतको यो दशकको ठूलो हवाइ दुर्घटना


म्याङग्लोर । १५० जना यात्रीहरु, दक्षिणी भारतकोमा गत हिजो भएको हवाइ दुर्घनामा मारिएका छन् । बोइङ ७३७ हवाइजहाज, म्याङ्ग्लोरस्थित सो एअरपोर्टको रन-वेमा ल्याण्ड हुँदाहुँदै सो दुर्घटना भएको हो । पानीले भिजेको सो रन-वे जसलाई टेबलटप रन-वे भनिन्छ मा ल्याण्डिङ भएलगत्तै एक ठूलो ‘ब्याङ’को आवाजसहित केबिनमा आगो लागेको थियो र तुरुतै नै प्लेन भाँच्चिएर दुर्इ टुक्रा भएको थियो । पहाडको सिरानमा बनाइएको धावनमार्ग जसको आखिरीमा भीर पर्ने हुन्छ अर्थात् धावनमार्गको आखिरी भाग डरलाग्दोगरी समाप्त भएको हुन्छ लाई हवाइसम्वन्धी बुझाइमा टेवलटप रन-वे भनिन्छ । आठजना यात्रीहरु मात्र जीवित रहन सकेको सो घटनामा फायर फाइटरहरुले cmझै पनि जीवितहरुलाई भेट्न सकिन्छ कि भनेर खोजी गर्दैछन् ।
सम्पूर्ण यात्रीहरु भारतीय भएको अहिलेसम्मको अनुमान छ भने सर्भियाली पाइलट, भारतीय को-पाइलटलगायत ६ जना परिचारिकाहरुको सो घटनामा मृत्यु भएको छ ।
प्लेन दुर्इ टुक्रा भई छुटि्टएको लगत्तै केही यात्रीहरु त्यहाँबाट हाम्फालेर बाँचेका थिए, ती सबैले प्लेन ल्याण्ड भइसेकपछि घटना घटेको बताएका छन् तर सो एअरपोर्टमा ल्याण्डिङ गर्ने बेलामा, निश्चित समयमा पूर्ण रुपमा ब्रेक लगाइएन भने दुर्घटना अवश्यम्भावी रहेको बताइएको छ र यसै थ्योरीमा रहेर वाँकी अनुसन्धान गरिने जनाइएको छ । मेस, श्रोत गार्डियन