नेपाली कांग्रेसका प्रमोद यादव रुपन्देहीको क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् । यादवले ३१ हजार ७१८ मत पाएका छन् ।
यादवका निकटतम प्रतिद्धन्दी राजपाका सर्वेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत पाएका छन् । मुलुकभरी कांग्रेसले पराजय भइरहेका बेला यादवको यो जित राहतमा परिणत भएको छ ।
प्रदेशसभा ‘क’ तर्फ नेपाली कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याएर विजयी हुनु भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका हजरत अलीले ४ हजार ६३४ मत पाए ।
यस्तै, प्रदेशसभा ‘ख’ तर्फ १२ हजार ११३ मत ल्याएर नेपाली कांग्रेसका वसिउद्धिन खान विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले ५ हजार ७६१ मत ल्याएका छन् ।
रुपन्देही ५ मा पनि कांग्रेसकै भरतकुमार साहले विजयी हात पारेका छन् ।
धनुषामा काँग्रेसको खडेरी पुरे यादवले
प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ क बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १५ हजार ६८५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गरे ।
प्रतिक्रिया