१९७४ ए.डी.को '८-१८'

१९७४ ए.डी.को '८-१८'


लण्डन । यूकेको सफल साँगीतिक टुरपछि नेपालको पप आइकन व्याण्ड १९७४ ए.डी.ले तिनीहरुको आठौं एल्बमको रिलिजको तयारीमा रहेको हल्लाहरु बजारमा आएका छन् । यो समाचारलाई अझै हल्लामा नै सीमित राखिए पनि सम्वद्ध सूत्रका अनुसार तिनीहरु सो एलबमको अन्तिम तयारीमा गम्भीरताका साथ लागेको बुझिएको छ जसको टाइटल ‘८-१८’ राखिने भएको छ ।

नाममा नै सबैथोक नभए तापनि पनि अनौठो र असाधारण किसिमको नामले मानिसहरुको ध्यान खिँच्न सफल हुनेमा खासगरी १९७४ ए.डी. अत्यन्तै विश्वस्त भएको स्पष्ट हुन्छ । यस नयाँ नाममा राखिने अंकको महत्व सो समूहमा धेरै ठूलो रहेको छ । सर्वप्रथम, यस एलबम उक्त समूहको आठौं एलबम हो । निराकार याक्थुम्वाको ८ मार्च, सञ्जय श्रेष्ठको १८ मार्च, मनोज के.सी.को १८ सेप्टेम्बर र एड्रिएन प्रधानको १८ अगस्ट जन्म दिन हो । रमाइलो के छ भने, श्रोताहरुले आफ्नो मनपर्ने व्याण्डका सबै सदस्यहरुको जन्मदिन सो नयाँ एलबमको टाइटलबाट थाहा पाउने भएका छन्, यस व्याण्डको यो नयाँ एलबमको प्रतीक्षा सर्वत्र अधैर्यताका साथ गरिएको छ ।-संगिता, मेस