पर्सा जिल्ला क्षेत्र नं. ४ को (१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् । चौधरी ७४८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जयप्रकाश थारुले ७०४० मत प्राप्त गरेका छन् भने राजपाका रामचन्द्र पंडितलाई ५१२० मत प्राप्त भएको छ ।
यसैगरी, पर्सा क्षेत्र नम्बर ३ को ‘१’ मा फोरम नेपालका अब्दुल रहिम अन्सारीले ७००४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका चन्द्रकिशोर चौधरीले ६८४५ मत प्राप्त गरेका छन् ।
यस्तै, पर्सा जिल्ला क्षेत्र नं. २ को (१) क मा प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेशवर प्रसाद साह तेली विजयी भएका छन् । आइतबार विहान सार्वजनिक गरिएको प्रदेश सभा सदस्यको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राजेशवर प्रसाद साह तेली १०२५९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी फोरम नेपालका रामनरेश यादवले १००७९ मत प्राप्त गरेका थिए ।
पर्सामा जारी मतगणन अनुसार संघीय समाजवादी फोरम नेपालका दुईजना र नेपाली काग्रेसका दुई गरी चार उम्मेदवार विजयी भएका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए । पर्सामा जारी मतगणना अनुसार प्रतिनिधिसभातर्फ ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा संघीय समाजवादी फोरम अगाडि रहेको छ भने एउटा क्षेत्रमा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ ।
प्रतिक्रिया