सिरहा १ (क) मा एमाले र २ (क) मा फोरम निर्वाचित

सिरहा १ (क) मा एमाले र २ (क) मा फोरम निर्वाचित


सिरहा प्रदेशसभा क्षेत्र नं १ (क) मा वाम गठबन्धन र २(क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रदेशसभा क्षेत्र १ (क) बाट नेकपा(एमाले)का लगनलाल चौधरी ११ हजार ५४२ मतसहित विजयी हुनुभएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष चौधरीलाई ८४३ मत अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएकोे हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तोष चौधरीले १० हजार ६९९ मत ल्याउनुभएको छ । राप्रपाका पुराना र प्रभावशाली नेताका रुपमा परिचित चौधरी उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि मात्र एमालेमा प्रवेश गर्नुभएको थियो ।

यस्तै प्रदेशसभा सिरहा २ (क) मा समाजवादी फोरमका विजय यादव १० हजार ३८३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शैलेन्द्रकुमार यादवले नौ हजार १५४ मत प्राप्त गर्नुभएको छ ।

यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३(क) मा नेकपा(माओवादी केन्द्र)का रामकुमार यादव र प्रदेशसभा ४(क) मा माओवादी केन्द्रका दिलीप साह निर्वाचित भइसक्नुभएको छ ।