तमू धीं लन्डन इकाईको बुद्ध जयन्ती

तमू धीं लन्डन इकाईको बुद्ध जयन्ती


हयारो लन्डन । तमू धीं लन्डन इकाईले हिजो शनिबार बुद्ध जयन्ती २०१० (बैशाख पूर्णिमा) मनायो । आउने बिहीबार २७ मे पर्ने बैशाख पूर्णिमाको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम दुई चरणमा राखिएको थियो।

हयारोको लिजर सेन्टरमा आयोजना गरिएको कार्यक्रममा पहिलो चरण बिहान ११:३० बजेदेखि सांझ ६ बजेसम्म लामाहरुद्वारा पूजापाठ तथा प्रवचन गरिएको थियो। साथै खेम्पो गुरु भगिन्द्र शिला र लामा गुरु धरम गुरुङ्ले उपस्थित भक्तहरुलाई आशीर्वाद प्रदान गरेका थिए।

दोश्रो चरणको कर्यक्रममा अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता राखिएको थियो। बेलायातका लागी नेपाली राजदूत डा सुरेश चन्द्र चालिसेले लोक नृत्य प्रतियोगिताको उदघाटन गरेका थिए। तमु धीं लन्डन इकाईले गत वर्षको जस्तै यस वर्ष पनि राखेको यो दोश्रो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगितामा जम्मा ७ वटा समाजहरु सहभागी थिए। सहभागी समूहहरुमा गोर्खा जिल्ला तमू समाज, चार भन्याङ समाज, पैयू खोला समाज, गोर्खा वेलफेयर सोसाइटी, हान्स्लो गोर्खा कम्युनिटी, तमु धीं रिडिङ र तमु धीं प्लमस्टिड थिए।

दोश्रो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिताको निर्णायक मन्डलमा सङ्गीतकार अमर गुरुङका छोरा किशोर गुरुङ र सनम बैरागलाई राखिएको थियो । दोश्रो अन्तर समाज लोक नृत्य प्रतियोगितामा प्रथम स्थानमा गोर्खा जिल्ला तमू समाज, दोश्रो स्थानमा चार भन्ज्याङ समाज र तेश्रो स्थानमा पैयू खोला तमू समाज आएका थिए।

नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय समूहहरुलाई क्रमशस् रनिङ शिल्ड ५०० पाउन्ड र स्वर्ण पदक, २०० पाउन्ड र रजत पदक र १०० पाउन्ड अनि कास्य पदक प्रदान गरिएको थियो। कार्यक्रमको सन्चालन आयोजक तमू धीं लन्डन इकाईका सचिब अर्जुन कुमार गुरुङले गरेका थिए। राज्दूत चालिसेबाट शुभकामना ब्यक्त भएको थियो भने तमू धीं लन्डन इकाईका अध्यक्ष चित्र बहादुर गुरुङले कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तब्य दिएका थिए।

कार्यक्रममा प्रायोजक ब्यापारी र संघ संस्थाका पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो। -मेस

वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहा्स् ।