बामगठबन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट ५५२८१ मत प्राप्त गरी विजयी बनेका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई फराकिलो अन्तरले पराजित तुल्याउँदै ओली विजयी बनेका हुन् । कांग्रेस उम्मेदवार अधिकारीले २७६२८ मत हासिल गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसका शीर्षतहका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठले ६४१४ मतान्तरले पराजित गरेका नेता पौडेल तनहुँको उक्त क्षेत्रबाट लगातार चुनाव जित्दै आएका शीर्ष राजनीतिक व्यक्तित्व हुन् । उनलाई पार्टीबाटै अन्तरघात भएको बुझिएको छ । कांग्रेस सुत्रका अनुसार वागी उम्मेदवार बनेर चुनावको मुखैमा चर्चित बनेका गोविन्दराज जोशी पक्षबाट अन्तर्घात भएको हो ।
प्रतिक्रिया