काभ्रेपलाञ्चोकमा वाम गठबन्धनको अग्रता

काभ्रेपलाञ्चोकमा वाम गठबन्धनको अग्रता


काभ्रे जिल्लाका सबै स्थानमा वाम गठबन्धनले अग्रता कायम राखेको बुझिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगाबहादुर दोङले ३० हजार ६१३, नेपाली कांग्रेसका तीर्थ लामाले २९ हजार ३९ मत प्राप्त गरेका छन् ।

यसैगरी सोहि क्षेत्रका प्रदेशसभा (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्र का रत्न ढकालले २३ हजार ५१८ र कांग्रेसका सिवी लामाले १५ हजार ८५६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामाले १५ हजार ७४८ र काँग्रेसका गणेश लामाले १४ हजार ६८२ मत प्राप्त गरेका छन् भने प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले ३० हजार १०२ र कांग्रेसका मधुप्रसाद आचार्यले २० हजार ९४३ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले १५ हजार ६८८ र काँग्रेसका सुन्दरमणि आचार्यले नौ हजार ९४३ मत प्राप्त गरेका छन् भने प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका वसुन्धरा हुमागाईंले १५ हजार ३३६ र कांग्रेसका कञ्चनचन्द्र वादेले ११ हजार ३९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।