नवलपरासी (पश्चिम १ बाट) वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कुल ३८ हजार ५९२ मतका साथ नेपाली कांग्रेसका देवकरण कलवारलाई पछाडि पार्दै त्रिपाठी विजयी बनेका हुन् । देवकरण कलवारले कुल ३३ हजार ५९१ मत प्राप्त गरेका छन् ।
यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले)का दिपेन्द्रकुमार अधिकारी २० हजार ५ सय ६ मत प्राप्त गरी विजयी बनका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम खनालले १८ हजार ५०३ मत प्राप्त गरेका छन् ।
यस्तै नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ अन्तर्गत प्रदेशसभा (ख)तर्फ नेकपा एमालेका अजयकुमार शाही १९ हजार ३३३ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुल आचार्यले १२ हजार ६ सय ३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया