'राजनीतिक दलले हठ त्याग्नु पर्ने'

'राजनीतिक दलले हठ त्याग्नु पर्ने'


काठमाडौ, नेकपा ईश्वर पोखरेलले संविधानसभाको समय थप्ने कुरा सबैको साझा सवालको विषय हो भन्दै प्रधान मन्त्रीले राजिनामा दिनुसँग यसको सम्बन्ध नभएको बताएका छन्। उनले सबै राजनीतिक दलले राष्ट्रिय सहमतिको कुरा गर्ने तर सहमतिलाई कार्यान्वयनमा नलगेको आरोप पनि लगाए। राजनीतिक दलबीच सहमतिबिना शान्ति प्रक्रियाको टुङ्गो नलाग्ने र संविधान निर्माण नहुने पनि उनले बताएका छन्।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्रथम सम्मेलनको उदघाटन समारोहमा उनले सबै राजनीतिक दलले हठ त्यागी सहमति र सहकार्यबाट मुलुकको सङ्कट समाधान गर्नुपर्ने आवश्यकता औल्याए।

पोखरेलले राष्ट्रिय सहमतिका लागि सबै पार्टीले त्याग गर्नुपर्छ, उनले थपे- कुनै पनि पार्टीले आफ्नो स्वार्थमात्र हेर्ने हो भने मुलुकको सङ्कट समाधान हुँदैन।

मञ्चका महानिर्देशक स्थानेश्वर देवकोटाले वैदेशिक रोजगारबाट ३० लाख बेरोजगार युवाले रोजगार पाएको जानकारी दिए।

सम्मेलनमा २४५ जना प्रतिनिधि छन्। आजै सम्मेलनबाट नयाँ कार्यसमितिसमेत चयन हुने बताइएको छ।
– रासस