मधुमास मनाउन गएका बेलायती पत्नीको हत्या

मधुमास मनाउन गएका बेलायती पत्नीको हत्या


लण्डन । दक्षिण अफ्रिकाको क्याप शहरमा मधुमास मनाउन गएका एकजना बेलायती करोडपति व्यापारीको पत्नीलाई हतियारधारी दुईजना मानिसहरुले उनीहरु चढेका कारलाई धरापमा पारेर हत्या गरेको समाचार ख्रल्न आएको छ । दुईहप्ता पहिले परिणयसूत्रमा गाँसेका ३१ वर्षीय स्रियन देवानी र उनकी धर्मपत्नी २८ वर्षीया अन्नी देवानी गत शनिवार राति ११ बजे क्याप शहरमा अत्ति नै लोकप्रिय मानिने नाइटस्पटमा पुगेर वासास्थानतर्फ फर्केका थिए । त्यतिबेला फर्कँदै गर्दा उनीहरु चढेका कारलाई दुईजना बन्दुकधारीहरुले नियन्त्रणमा लिएर गाडीका ड्राइभरलाई धकेलेर बाहिर निकालेपछि कार लिएर भागेका थिए ।
बेलायतका व्रिस्टोल निवासी, भर्खरै विवाह भएका नवदम्पतिलाई लुटेराहरुले झण्डै एकघण्टा जति गाडी चलाएर लगेपछि स्रियन देवानीलाई कारबाट धक्का दिएर सडकमा फ्याँकेका थिए । उनलाई एकजना गाडीवाहकले उठाएर पुलिस स्टेशनसम्म पुर्‍याएका थिए । पुलिसले स्रियन देवानीको बयानको अधारमा उनलाई गाडीबाट सडकमा फ्याँकेको क्षेत्रनजिकै वरिपरि छानबिन गरी खोजतलाश गर्दा लुटेराहरुले छाडेर गएको कारभित्र पछाडिपटि्टको सिटमा अन्न देवानीको मृत शरीर बिहान सात बजेतिर भेटि्टएको थियो । पुलिसले अहिलेसम्म मृत्युको कारणबारे खुलासा गरिएको छैन, तर, श्रोतहरुका अनुसार मृत्यु गोली प्रहरबाट हुनसक्ने आशंका गरेका छन् । यो दु:खदायी घटनाले मृतकको परिवारमा ठूलो धक्का पुग्न गएको मृतकको पतिका दाइ प्रियन देवानीले समाचारदाताहरुलाई भनेका छन् । यतिबेला मृतकको घरमा अन्त्यष्टिका लागि पण्डाल निर्माण गरिसकेको समाचार आएको छ । पश्चिमी क्यापका पर्यटनमन्त्री अलान विन्डेले आफूलाई प्राप्त सुचनालाई उद्धृत गर्दै,…..यो एकदमै दु:खदायी घट्ना हो, बेलुकितिर उनीहरु वाइनल्याण्ड क्षेत्रको एउटा कार्यक्रममा सरिक भएका थिए र उनीहरु पूर्वी क्याप शहरको लोकप्रिय गगुलेथु क्षेत्रबाट दशबजेतिर फर्केका थिए, यो दुःखद घटनाले पति एकदमै भयभित र विक्षिप्त भएका दखिन्थे…भनेका छन् । लगभग ८० हजार जनसंख्या रहेको सानो शहर गगुलेथु, क्याप शहरदेखि दश माइल टाढा पर्दछ । यस शहरमा धेरै रेस्टुरेन्टहरु फस्टाउँदै रातबिताउने स्थलहरुको विकास हुँदै आएको छ र साथमा मजोलीको कसाइ घर पनि छ जहाँ पर्यटकहरुले ताजामासु किनेर खुला चौरमा पोलेर खाने गर्छन् । यहाँ संगीत र डीजे नाच आबेर रातिसम्म सञ्चालन हुन्छ । लोकप्रियताको बावजुद यस ठाउँमा मानिसहरु रक्सीमा धूत भएर हल्ला गर्दै हिंसाजस्ता घट्नाहरु गर्छन् । दक्षिण अफ्रिका विश्वको अधिकतम आपराध हुने देशमा पर्छ । एकदिनमा ४६ जनासम्मको हत्या हुने जानकरी विश्वकपको बेला प्रकाशमा आएको थियो । श्रोत- टेलिग्राफ, सुमल, मेस ।