पक्षघातबाट पीडितहरुकालागि स्टमसेल

पक्षघातबाट पीडितहरुकालागि स्टमसेल


लण्डन । बेलायतका ग्लास्गोस्थित डाक्टरहरुले पहिलोचोटि एकजना पक्षघातबाट पीडित रोगीलाई नयाँखाले उपचार पद्धतिलाई प्रयोग र परिक्षण गर्ने मनसायले उनको गिदीमा सुइको प्रयोगबाट स्टमसेल -रोगलाई बढ्नबाट रोक्ने निरोधक कोष्ठ) हालेका छन् ।
साउदर्न जेनरल अस्पतालमा सम्बन्धित निकायबाट मञ्जुरी लिएर सबैभन्दा पहिले विश्वमा एकजना बृद्धा मानिसलाई यही हप्ताको अन्तमा एकदमै न्यून मात्रमा स्टमसेल दिएको जानकारी प्रकाशमा आएको छ । उनी अस्पतालबाट निस्किसकेका छन् र डाक्टरहरुका अनुसार उनको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको बताएका छन् । आलोचकहरुले सिस्टमसेलको निर्माणमा भ्रुणको गिदी प्रयोग गरिएको छ भनेर खण्डन गरेका छन् । रोगीलाई प्रथमचरणको परिक्षणमा स्टमसेलको प्रयोगको पद्धतिबाट कतिको सुरक्षित र कारगर सिद्ध हुन्छ भन्ने ध्येयले जाँच गर्नको लागि एकदमै कम मात्र प्रयोग गरिएको छ । अब आउने सालमा १२ जना रोगीहरुलाई विस्तारै स्टमसेलको मात्र अलि बढी दिएर प्रयोग गरिने समाचार सम्प्रेषन गरेका छन् । फेरि यसको प्रयोगबाट सुरक्षित छ कि छैन भनेर प्रारम्भिक जाँचहरु ग्रिनेछ, तर, डाक्टरहरुले नजिकिएर स्टमसेलले दिमागलाई मरम्मत गर्दछ कि गर्देनन् अथवा रोगीहरुको स्थितिमा सुधार कतिको आउँछ भन्ने विषयमा अनुगमन गरिनेछ भनेर समाचार दाताहरुलाई उद्धृत गरेका छन् । प्रारम्भिक चरणको परिक्षणका लागि स्टमसेल निर्माण गर्ने कम्पनीले सम्बन्धित विभागबाट अनुमति प्राप्त भइसकेको खुलासा गरेका छन् र शुरुको अनुसन्धानहरुमा भ्रुणको गिदीको प्रयोग गरिएको, तर, अहिले भ्रुण प्रयोग नगरिएको दावी गरेका छन् ।
विज्ञहरुअनुसार यदि स्टमसेलको प्रयोग सकारात्मक निस्कन्छ भने पक्षघातबाट विकलंक हुनेहरुका लागि उपचारको बाटो खुल्नेछ भनेर प्रकाश पारेका छन् । यस पद्धतिको प्रयोगबाट पहिलोचोटि उपचार प्राप्त गर्नेहरुमा ६० वर्षभन्दा माथिका तथा धेरै समयदेखि बीमारीमा सुधार नआउनेहरुलाई प्राथमिकता दिइनेछ भनेर समाचारमा प्रकाश पारेका छन् । स्रोत – बीबीसी, सुमल, मेस ।