उदयपुर क्षेत्र नम्बर १ मा डा. नारायण खड्काले बाजी मारेका छन् । नेपाली काँग्रेसका नेता डा. खड्काले प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका हुन् ।
अत्याधिक प्रतिस्पर्धात्मक मतगणनाको अन्त्यतिर खड्काले बाजी मारेका हुन् ।
खड्काको पक्षमा ३३ हजार १ सय ४२ मत रह्यो भने उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धनकी एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले ३२ हजार ५ सय ९४ मत पाइन् ।
अघिल्लो संसदमा दुवैं संसद रहेका खड्का र चौधरी क्षेत्र निर्धारणका क्रममा उदयपुर दुई क्षेत्रमा समिति हुँदा दुबै जना एकै क्षेत्रबाट उमेद्ववार भएका थिए । खड्का नेपाली काँग्रेसमा बौद्धिक नेताको रुपमा चिनिन्छन् ।
यसअघि उदयपुरको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ९ख०को २ मा नेपाली कांग्रेसका हिमाल कार्कीले १६ हजार ७९२ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिष्पर्धी वाम गठबन्धनका रामबहादुर थापाले १५ हजार १९४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया