सुनसरी ४ बाट अर्थमन्त्री कार्की विजयी

सुनसरी ४ बाट अर्थमन्त्री कार्की विजयी


प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन् । कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् ।

उनी सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित कार्कीको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।

कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ ।