हृयाङम्यानको लेखकलाई सजाय

हृयाङम्यानको लेखकलाई सजाय


लण्डन । एकजना अलान शैड्रेक नामका ब्रिटिश लेखकलाई सिंगापुरका अदालतले उनको नविनतम पुस्तकमा उल्लेख गरिएका विषयलाई अपराध साबित गरेर हिजो ६ हप्ताको जेल सजाय साथै ३६ हजार पाउण्ड रकम जरिमाना तिर्ने फैसला सुनाएको छ । गत जुलाईमा प्रकाशित गरिएको आलोचित पुस्तक, वान्स अ जोली हृयाङम्यान : सिंगापुर जस्टिस इन द डकका लागि अदालतलाई मानहानी गरेको अभियोगमा माफी माग्नुपर्ने कुरालाई उनले अस्वीकार गरेका थिए । आदलतमा न्यायधिशले, ७६ वर्षीय लेखकले गैरजिम्मेवारीपूर्ण लापरवाही सत्यतामाथि दर्शाएको र उनीभित्र पश्चाताप भन्ने केही अंश नरहेको भनेर फैसला सुनाएका थिए । यदि उनले गल्ती सच्याइएका भए मैले भिन्नै तरिकाले हेर्ने थिएँ, भनेर न्यायधिश क्विन्टेन ल्होले उद्धृत गरेका थिए । अलान शैड्रेकले पुर्पक्षकालागि अदालतमा कठघराबाट, यदि उनीहरुले मलाई जेलमा राख्न चहान्छन् भने जेलमा नै राखोस् भनेर अडान लिएका कुरा समाचारमा प्रकाश गरेका छन् ।
यस पुस्तकलाई कतिपय देशहरुमा बिक्री वितरण गर्नुबाट प्रतिबन्ध लगाएको छ । पुस्तकको विषयवस्तु सिंगापुरका एकजना दर्शन सिंह नामका फाँसी दिने कर्मचारी जसले सन १९५९देखि सन् २००६ सालसम्म (४७ वर्ष) काम गरेका थिए, उनीसँगको अन्तरवार्तामा यो पुस्तक अधारित छ । यो मुद्धालाई वादीको तर्फबाट सिंगापुरका अटर्नी जनरल कार्यालयले दायर गरेको थियो । उनले सिंगापुरको आदलतलाई धक्का पुग्ने गरी स्वतन्त्रता, एकता र पक्षपातको विषयमा सम्प्रेषन गरेको अभियोग लगाएको थियो र १२ सप्ताहको सजायको माग गरेको थियो । न्यायधिशले उनलाई २४ नवम्बरसम्म अपील गर्ने समय दिएका छन् । उनका वकिल एम रविले यस मुद्धालाई युरोपियन पार्लियामेन्ट र इन्टर्नेशनल कोर्ट फ जस्टिससम्म अघि लैजाने भनेर समाचारदाताहरुलाई प्रकाश पारेका छन् । फिल रबर्टसन्, मानवअधिकार, एसिया पर्यवक्षकका अनुसार पचासलाख जनसंख्या रहेको नगरराज्यका अधिकारीहरुले राज्यविरुद्ध नकारात्मक सम्प्रेषन गर्नेलाई सेन्सर गर्ने प्रयास गर्दछन् भनेर प्रकाश पारेका छन् । यस प्रक्रियाले स्वतन्त्र विचार सम्प्रेषनको मामलामा सिंगापुरका लागि यो एउटा गतिलो मुक्का प्रहार भएको कुरा उनी अघि भन्छन् । यतिबेला उनलाई मुद्धा चलाइने समूहले बेलायतका एसेक्सवासी, चारजनाका पिता, शैड्रेकलाई भरसक बढी दोषी सावित गरेर उनको नामलाई बदनाम गर्ने प्रयासमा छन् भनेर समाचारमा भनेका छन् । श्रोत – हिन्दू, सुमल, मेस ।