कैलाली–४ मा माओवादी केन्द्रका लेखराज भट्ट विजयी

कैलाली–४ मा माओवादी केन्द्रका लेखराज भट्ट विजयी


कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता लेखराज भट्ट विजयी भएका छन् । भट्ट ३१ हजार ३ सय ५९ मतका साथ विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गर्दा भण्डारीले २० हजार ९६० मत पाएका थिए ।

उता, कैलाली–३ मा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका गौरीशंकर चौधरी २४ हजार ८ सय ७९ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले २० हजार ४ सय ९४ मत पाएका थिए ।

यस्तै, कैलाली– ५ मा नेकपा एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले कांग्रेस उम्मेदवार आरजु राणा देउवालाई पराजित गरेका छन् ।

यता, कैलाली–२ मा एमालेका झपट रावलले र १ मा राजपाका रेशम चौधरीले अग्रता लिइरहेका छन् । मतगणनाको कार्य भइरहेको छ ।