iPad – आईप्याड यूकेमा पनि उपल्ब्ध

iPad – आईप्याड यूकेमा पनि उपल्ब्ध


लण्डन । अन्तत: भोलि शुक्रबारदेखि बेलायतमा पनि बहुप्रतिक्षीत आईप्याड बिक्रीमा जानेछ। एप्पलका भित्री श्रोतका अनुसार आईप्याडको उन्माद बेलायतमा देखिनेछ। एप्पलका पसलहरु शुक्रबार बिहान साबिकभन्दा एक घन्टा पहिले नै ८ बजे खुल्नेछन् भने ग्राहक तथा प्रशंसकहरुको अझ बिहानैदेखि पसलहरुमा भीड हुनेछ।

धेरैजसो करि, डिक्सन र पिसी वर्ल्डका शाखाहरुले पनि शुक्रबार बिहान ९ बजेदेखि नै आईप्याड बेच्न पाउने सम्झौता हात पारेकाछन्। यूरोपभरि करीब ९ लाख आईप्याडको माग अनलाइनबाट पूर्व खरिद भइसकेको छ। तर अत्यधिक मागको चापले ती सबै क्रेताहरुले जुन महिनाको मध्यतिर मात्र आईप्याड हात पार्नेछन्। १६ जी.बी.को वाई-फाई मोडेलको मूल्य ४२९ पाउन्ड (£429 for 16GB WiFi Model) बाट शुरु हुनेछ भने ६४ जी.बी.को थ्री जी मोडेलको मूल्य ६९९ पाउन्ड (£699 for 64GB 3G Model) रहनेछ।

समालोचकहरुको भनाइअनुसार आईप्याड केवल आईफोनको ठूलो रूप मात्र हो, तर पनि यस्तो भनाइले प्रशंसकहरुलाई कुनै असर पारेको पाइँदैन। एप्पलको आईप्याड अमेरिकामा मात्र एक महिनामा दशौंलाख बिक्री भएको थियो जुन उसको आफ्नै अर्को उत्पादन आईफोनको तुलनामा अत्यधिक हो। अहिले पनि अमेरिकामा प्रत्येक हप्ता आईप्याडको बीसौं हजारको संख्यामा माग हुँदैछ।

आईप्याडको बिशेषताहरु मध्यमा बिधुत्तीय किताब पढ्ने र यू-ट्युब हेर्न सकिन्छ। तर तपाई यसबाट फोन कल गर्न सकिँदैन र आईफोनमा जस्तो क्यामेरा पनि छैन। -मेरो सम्वाददाता