नेपालमा संविधानसभाको म्याद थपिने

नेपालमा संविधानसभाको म्याद थपिने


आज संविधानसभाको म्याद सकिदैछ, दलहरु सहमति नजिक पुगेका छन् । संविधानसभा भवनमा चलिरहेको बैठकमा म्याद थप्ने बिषयमा माओवादीले सहमति जनाए पनि प्रधानमन्त्रीको सम्वोधनको भाषामा छलफल भइरहेको श्रोतले जनाएको छ ।

कांग्रेस-एमालेले ‘राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्ने’ भने पनि माओवादीले त्यसमा असहमति जनाएको छ । प्रधानमन्त्रीको सम्वोधनमा ‘राजीनामा दिने’ शब्द प्रयोग गर्नुपर्ने माओवादी अडान छ । एमाले नेता भरतमोहन अधिकारीले दलहरुबीच विवादका विच आज मध्यरातमा सहमति हुने विश्वास व्यक्त गर्दै माओवादी पनि सहमतिमा आउने दाबी गरे । ‘माओवादी पनि सहमतिमा आउँछ,’ अधिकारीले भने, ‘विश्वस्त हुनुहोस् संविधानसभाको म्याद थपिन्छ ।’