प्रेमिकाकी छोरी मार्ने केटा साथीलाई जीवनकैद

प्रेमिकाकी छोरी मार्ने केटा साथीलाई जीवनकैद


लण्डन । भीडीयो गेम खेल्दा १५ महिने बच्चीले रोएर बाधा पुर्‍याएको झोंकमा एकजना लागु औषधिको लत् बसेका बदमाशले बच्ची मारेको अभियोगमा जीवन कैदको जेल सजाय पाएको छ । आफ्नो केटी साथीकी बच्चीलाई मारेका अभियोगमा गेरी अलकोकलाई कम्तिमा २१ वर्ष जेलसजाय प्यारोलको लागि विचार गर्नु अघि काट्नु पर्ने फैसला मान्चेस्टर क्राउन अदालतले सुनाएको छ । २८ वर्षीय अलकोकले भायलेट मुलन नामकी बच्चीलाई ३ हप्ता लगातार मर्नुअघिसम्म पिटेको कुरा अदालतमा सुनवाइ गरेको थियो । न्यायधिश क्लेमेन्ट गोल्ड्स्टोन क्युसीले फैसला सुनाउँदा….. आफ्नो कम्प्युटर गेम खेल्ने रुचीलाई बाधा पुर्‍याएको भनेर, जुन बच्चीले तिम्रो ध्यानाकर्षण गरी मद्दत मागिरहेकी थिईन् तिनलाई चुप गराउनको लागि अनेकौ घुस्सा, थप्पड प्रहार गरेर बच्चीको दिमाग, मुख, पाखुरा, खुट्टा र जिउभरि पीडादायी चोट पुर्‍याउने बाटो अपनायौ… भनेका थिए । केटीसाथी, बच्चीकी आमा २२ वर्षीय क्लेइर फ्लानागानलाई पहिलेको केटा साथीले त्यागेका थिए । केटासाथीको खाँचो खट्केकोले अलकोकसँग तीनहप्ता पहिले डेटिङ गरेर ओल्डहामस्थित आफ्नो घरमा बोलाएर संगै बस्दै आएकी थिईन् । जुन दिनमा सानी भायलेट मरिन् त्यो दिन अलकोकले बच्चीलाई बिस्तरामाथि राखेका थिए । त्यही बेला बच्चीलाई पेनपश फेर्नुपर्ने भएको थियो । अलकोकले एक्स बक्स कम्प्युटरगेम खेल्न खोजिरहेका थिए, तब उनले बच्ची रोएको सुनेर मुख र तल्लो भुँडीमा बच्चीको भित्री भागमा चोट पुग्ने गरी मुड्की प्रहार गरेका थिए । बच्ची ठहरै भएपछि ओंठहरु नीलो हुँदै आयो । ओल्डहाम एम्बुलेन्ससेवालाई फोन गरेर एम्बुलेन्स सेवाका कर्मचारीहरु आउने बेलासम्म बच्चीले सास फेर्न छाडिसकेकी थिईन् ।
यो घटना यस वर्षको १२ जनवरीको दिनमा घटेको थियो । चिकित्सकहरुले बच्चीलाई अस्पतालमा बचाउने प्रयास गर्दागर्दै बच्चीको मृत्यु भएको थियो । हिजोको फैसलामा बच्चीकी आमा फ्लागानानलाई मान्छे हत्या गरेको अभियोगबाट बचे पनि तिनलाई बच्चीको हत्या गर्नुमा उक्साएको अभियोगमा ५वर्षको कारावासको सजाय सुनाएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।