कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा रेशमकुमार चौधरी विजयी भएका छन् । प्रहरीको फरार सुचीमा रहेका रेशमकुमार चौधरी अन्ततः सांसद बनेका हुन् ।
चौधरी राजपाका उम्मेदवार हुन् । ३४ हजार ३ सय ४१ मतसहित रेशम निर्बाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत मात्र पाएक थिइन् । ।
चौधरी कैलाली घटनाका मुख्य आरोपी रहेको बुझिएको छ । चौधरी प्रहरीको फरार अभियुक्तको सूचीमा रहेको बुझिएको छ ।
प्रतिक्रिया