१६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।
प्राप्त मत परिणामका आधारमा नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा जित हासिल गरेका छन् ।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ३ सय १८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मतगणनाअनुसार अहिले एमाले चार, माओवादी दुई, राजपाका उम्मेदवारले दुई स्थानमा अग्रता लिइरहेको बुझिएको छ ।
यता, स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणनाको कार्य युद्धस्तरमा अघि बढेको छ ।
उता, ३ सय ३० सिटको प्रदेशसभामा भने वाम गठबन्धनले २ सय २३२ र कांग्रेसले ४१ स्थान जितेका छन् । त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल २३, राष्ट्रिय जनता पार्टी नेपाल १५, राष्ट्रिय जनमोर्चा नेपाल २, नयाँ शक्ति २, नेमकिपा १ र स्वतन्त्र २ सिटमा विजयी भएका छन् ।
प्रतिक्रिया