मुचुल्काभन्दा कम मत भेटिएपछि कैलाली २ मा विवाद

मुचुल्काभन्दा कम मत भेटिएपछि कैलाली २ मा विवाद


कैलाली २ मा मुचुल्का गरिएभन्दा कम मत भेटिएपछि मतगणनाको कार्य रोकिएको छ ।

जिल्लाको कोटातुल्सिपुर बुथको मतपेटिकामा मुचुल्कामा लेखिएको भन्दा एकसय ९ मत कम भेटिएको हो । यसै विषयलाई लिएर विवाद उत्पन्न भएपछि मतगणनाको कार्य रोकिएको बताइएको छ ।

यस क्षेत्रमा एमालेका कांग्रेसका मोहनसिंह राठौर र झपटबहादुर रावल बीच चुनावी प्रतिस्पर्धा छ ।