चार मुक्तक -बिष्णु नन्द चाम्लिंग

चार मुक्तक -बिष्णु नन्द चाम्लिंग


१] तिमी भए अधेरीमा जून चाहिँदैन काली
तिमी भए जाडोमा ऊन चाहिँदैन काली
गायी देऊ गीत दिल खोली मनका कुराहरु
तिमीले गाए कुनै धुन चाहिँदैन काली ।।

२] मेरो विश्वास तिमीले तौलायौ कि कतै
झुकिएर बटुवालाई बोलायौ कि कतै
एकआपसको मनको दूरी केही बढ्दा नै
रगतले लेखेको प्रेमपत्र जलायौ कि कतै ।।

३] गीतै गीतले बुनेको यो जुहार तिमीलाई
सितारको मीठो यो झन्कार तिमीलाई
त्यो उषा र यो गोधुलीको कसम खान्छु
यो ज्यानले मुटु भरिको प्यार तिमीलाई ।।

४] जिन्दगीमा घाम तिमी जून पनि तिमी
मेरो नयाँ जिन्दगीको सगुन पनि तिमी
माथिका कुराबाहेक अरु पनि भन्नु पर्दा
यो ज्यानको मुटुको आलो खून पनि तिमी ।।

इन्द्रेणिपोखरी ३ खोटांग
हाल – हंगकंग
८५२-६३४०७०१४