हाइटीमा हैजा रोगको किटाणुको छानबिन

हाइटीमा हैजा रोगको किटाणुको छानबिन


लण्डन / हाइटीमा डरलाग्दो हैजारोगको प्रकोपबाट १२००जना जति मृत्यु भइसकेका छन् । यसै विषयलाई लिएर गत हप्ता हाइटीका जनताहरु राष्ट्रसंघीय शान्ति सेनामा गएका नेपालीहरुबाट हैजा फैलिएको भन्ने सन्देहमा नेपाली शान्ति सेनाको विरोधमा हुल-दंगा गरेका थिए । अन्तमा राष्ट्रसंघ आफैले हैजाको महामारीको श्रोतबारे छानबिन गर्ने समाचार अहिले सम्पे्रषन गरेको छ ।
नेपालमा हैजा आमरुपमा फैलिने कुरालाई लिएर शान्ति सेनामा गएका नेपाली फौजी दस्तालाई हैजा फैलाएको भनेर लगातार आरोप लगाइरहेका छन् । ४५० जना नेपाली शान्ति सेना बसेका ग्रामिण क्षेत्रमा पर्ने अर्टिबोनाइट नदीबाट हैजा फैलिएको भनेर हाइटीका जनताले सन्देह गरेका छन् । त्यहाँका कृषकहरुले देखेअनुसार शान्ति सेना बसेका स्थलबाट मैलाहरु फ्याँकिएकाले नदीको तल्लो भागका सयौं मान्छेहरु हैजाले मरेका हुन् भनेर समाचारमा प्रकाश गरेका छन् । भूकम्पग्रसित द्विपमा पहिले कहिल्यै हैजारोग नदेखिएको भनेर जनाएका पनि छन् । हैजा शान्तिसेनाबाट फैलिएको हो भन्ने कुरा यसै हल्ला फैलाएका हुन भनेर राष्ट्रसंघले जनाएको छ, तर, विरोधमा हुलदंगा भएपछि यस विषयलाई आफ्नै पहलमा छानबिन गर्ने सहमति राष्ट्रसंघले सम्प्रेषन गरेको छ ।
राष्ट्रसंघको प्रवक्ता, एडमण्ड मुलेटले …..यो साँच्चै नै नेपाली शान्तीसेना बसेका ठाउँबाट फैलिएको हुन् वा अरु कुनै ठाउँबाट फैलिएको हो यो हामीले कुनै दिन पत्ता लगाउने आशा गरेका छौ ….भनेर समाचारदाताहरुलाई जनाएका छन् । यो हैजाको महामारी गत महिनादेखि फैलिएको थियो जसबाट १२०० जनाको मृत्यु भइसक्नुको साथै सयौ बीमार भएकाछन् । हाइटीको स्वास्थ्य मन्त्रालयको विज्ञहरुका अनुसार आउने वर्षहरुमा हजारौ बिमार हुनसक्ने आशंका व्यक्त गरेका छन् । यसै अवसरमा चिकित्सामा खटिएका मेडिसिन्स सान्स फ्रोण्टियरले कुनै पनि संघसंस्थाबाट हैजालाई नियन्त्रण गने भरपर्दो वास्तविक पहल नभएको भनेर विरोध गरेको छ ।-सुमल,मेस, श्रोत नेट