बेनजीर हत्याको छानबिनमा मुसर्रफको बयान लिने

बेनजीर हत्याको छानबिनमा मुसर्रफको बयान लिने


लण्डन । पाकिस्तानी सरकारले पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको छानबिन गर्ने प्रक्रियामा पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक जर्नेल (सेवानिवृत्त) परवेज मुसर्रफलाई समावेश गर्ने निर्णय गरेको छ । पाकिस्तानी सञ्चार श्रोत दाउनले एफआईए (फेडरल इन्भेस्टिगेशन एजेन्सी) र जेआइटी -ज्वाइन्ट इन्भेस्टिगेशन टिम)का समुहद्वारा बेलायतमा मुसर्रफलाई केही हप्ताभित्र पठाउने गरी सवालहरुको विवरण तयार गरिसकेको जानकारी दिएकोछ ।
परवेज मुसर्रफले पाकिस्तानलाई सन् १९९९मा रक्तपातविहीन कु गरेर सत्तासीन भएका थिए । ९ वर्षको शासनपछि सन् २००८मा सत्ताबाट बाहिरिएका थिए । हाल उनी बेलायतमा बस्दै आएका छन् । दाउनसमाचारद्वारा एफआईएका निर्देशक वासिम अहमदले व्यक्त गरेका टिप्पणी, पूर्वराष्ट्रपतिबाट लिइने बयानको अभिलेख राख्नका लागि सवाल तयार पारिसकेका छन् भन्ने समाचार सम्प्रेषन गरेकोछ । साथै यस घटनासँग सम्बन्धित सबै व्याक्तिहरुसँग पनि बयान लिने कुरा जनाएका छन् । भुट्टोलाई २७ दिसम्बर २००७को दिनमा चुनावी अभियानको दौरान भाषण दिइरहेकी बेलामा उत्तरी पाकिस्तानको रावलपिंडी शहरमा हत्या भएको थियो । सीसीटीभीको फुटेजमा एकजना किशोरावस्थाको व्यक्तिले तिनको टाउकोमा बन्दुक ताकिरहेका देखाइएको थियो, तर, त्यसैबेला शक्तिशाली आत्मघाती बम विस्फोटन हुँदा बेनजीर भुट्टोसहित २४जना मानिसहरु मारिएका थिए । त्यतिबेला पाकिस्तानी गृह मन्त्रालयले तालेबानले भुट्टोलाई मार्ने षड्यन्त्र गरेको हो भनेर दोषारोपण गरेको थियो । डाक्टरहरुले मृत्युको प्रतिवेदनमा घाम छेक्ने छानाको लिवरमा टाउको जोतिएर मृत्यु भएको कुरा प्रकाश पारेका थिए । जेआइटीले आतंकवादसम्बन्धी पुर्पक्ष गर्ने अदालतमा मुद्धाको प्रतिवेदन दायर गरिसकेपछि पनि किन पछि आएर मुसर्रफलाई यस मुद्धाकोलागि समावेश गरिएको हो भन्ने प्रश्नमा अहमदले … जबसम्म यस मुद्धासँग सम्बन्धित सूचनाहरु प्राप्त भइरहन्छ त्यतिबेलासम्म यो मुद्धालाई खुला राखिनेछ ….. भनेर समाचारहरुमा सम्प्रेषन गरेका छन् । श्रोत- हिन्दूस्तान टाइम्स, सुमल, मेस ।