चीनमा गगनचुम्बी ‘स्काईस्क्रेपर’

चीनमा गगनचुम्बी ‘स्काईस्क्रेपर’


छोटो समयमै औद्योगिक विकासमा तहल्का मच्चाएको चीनले अब विश्वकै सबैभन्दा अग्लो भवन बनाएर अर्को कीर्तिमान स्थापना गर्ने भएको छ । चीनको राजधानी बेइजिङको केन्द्रीय व्यावसायिक क्षेत्रमा निर्माण गरिने उक्त भवनको नाम ‘स्काईस्क्रेपर’ तय गरिएको छ । व्यापारिक दृष्टिले विश्वकै सबैभन्दा अग्लो भवन बन्ने ‘स्काईस्क्रेपर’को उचाइ ५ सय मिटर रहनेछ । एक सय २२ तले गगनचुम्बी स्काईस्क्रेपर ११ हजार चार सय ७८ वर्गमिटरमा निर्माण हुने बताइएको छ भने यसको निर्माणका लागि लगभग ९५ करोड अमेरिकी डलर खर्च हुने सिन्ह्वाले जनाएको छ ।

जो आफ्नै श्रीमती चिन्दैनन
बिहे गरेको वर्षौं बितिसक्दा पनि पतिले पत्नीको अनुहार चिनेको छैन भन्ने सुुन्नुपर्दा हामी निकै अनौठो मान्छौँ । तर, महिलाले बर्ुका पहिरिने परम्परा रहेको मुस्लिम समाजमा यो विषय अस्वाभाविक ठहरिँदैन । मुसलमान धर्मावलम्बीहरूको मुलुकका रूपमा चिनिने अरबी देशमा अझै पनि त्यस्ता व्यक्तिहरू प्रशस्तै भेटिन्छन् जहाँ लोग्नेले स्वास्नीको अनुहार नै देखेका हुन्नन् । सधैं बर्ुकाको पहिरनमा पत्नीलाई देखिरहेका पुरुषले यदि बर्ुका नलगाएको अवस्थामा कतै आफ्नै श्रीमतीलाई देखे भने चिन्न सक्दैनन् । खाडीबाट प्रकाशित हुने अङ्गे्रजी दैनिक गल्फ न्युजका अनुसार खाडी मुलुकमा बर्ुका पहिरिने परम्परालाई आजको युवा पिँढीले चुनौती दिइरहेका छन् तथापि त्यही समाजमा यस्ता पुरुषहरू पनि छन् जो बिहे गरेको दस वर्ष बित्दा पनि पत्नीको अनुहारसँग अपरिचित छन् । मुफलेह मोहम्मद नामक एक युवकको उदाहरण दिँदै अखबारले भनेको छ, ‘मोहम्मदले विवाह गरेको १० वर्ष भयो, यसबीच उनकी पत्नीले पाँच सन्तान पनि जन्माइसकिन्, तर आजसम्म पनि उनले आफ्नी पत्नीको चेहेरा नियाल्ने सौभाग्य पाएका छैनन् ।’

चार पत्नी भएको पोल खुलेपछि…
बंगलादेशमा दुई साताअघि यस्तो घटना घट्यो जहाँ चार महिलाले आफ्नो लोग्नेलाई मिलेर पिटीपिटी कालको मुखमा पुर्‍याइदिए । भएछ के भने उक्त पुरुषले चार महिलासँग बिहे गरेको चारैवटीलाई थाहा थिएन । घटनाको दिन गाउँमा लागेको एक मेलामा एक पत्नीसँग रमाइलो हेर्न गएको बेला त्यहाँ उसकी अर्की पत्नीसँग भेट भएछ । त्यसरी अर्की पत्नी भएको रहस्य खुलेपछि झगडा सुरु भयो र झगडाकैबीच अर्की पत्नीसमेत त्यहीँ फेला परिछन् । त्यसपछि पहिले त तीन महिलाबीच झगडा चर्कियो, तर हुँदाहुँदै तीनवटी मिलेर युनुस बेपारी नामक लोग्नेमाथि नै जाइलाग्न थाले । यसक्रममा अर्की पत्नी पनि भएको रहस्य युनुसले नै रिसको झोंकमा खोल्न पुगे । अनि त के चाहियो र – आयोगमा घ्यू थपेझैं भयो । तीनवटीले घिच्याउँदै चौथी महिलाको घर पुर्‍याए । त्यहाँ युुनुसको आफूबाहेक तीनवटी श्रीमती रहेको पत्तो पाएको झोंकमा चौथीसमेत लोग्नेमाथि जाइलागिन् । यसरी चार महिलाले निर्दयतापूर्वक भकुर्न थालेपछि एकछिनमै युनुसको प्राणपखेरु उड्यो । बूढापाकाले एक भए ठिक्क धेरै भएपछि दिक्क भनेको यस्तै कारणले होला ।

आध्यात्मिक शक्तिको चमत्कार
चिकित्सालगायतका क्षेत्रमा भौतिक विकास र वैज्ञानिक आविष्कारहरूले उत्कर्ष छोइरहेको वर्तमान परिवेशमा उपचारका लागि आध्यात्मिक गुरुको सहारा लिने कार्य निश्चय पनि हास्यास्पद ठहरिने गरेको छ । त्यसमाथि शारीरिक विकलाङ्गताको उपचार लण्डनजस्तो सहरमा आध्यात्मिक पद्धतिबाट गर्न खोज्नु नास्तिकहरूको बाहुल्य रहेको समाजमा निःसन्देश खिसिट्युरीकै विषय बन्न सक्छ । तर, चिकित्सा क्षेत्रमा जतिसुुकै आधुनिक विधि-प्रविधिको विकास भए पनि आध्यात्मिक शक्तिको अलग्गै महत्व रहेको हालै लण्डनमा घटेको एक घटनाले दर्शाएको छ । डेली मेल अखबारका अनुसार ४६ वर्षीया डेलिया नाक्स २३ वर्षको उमेरमा गम्भीर सडक दुर्घटनामा परेर कम्मरमुनिको भाग पूरै नचल्ने भई हि्वलचेयरको सहारामा पुगेकी थिइन् । क्रिसमस मनाउने तयारी गर्दा त्यसरी एक्सिडेन्ट परेर २३ वर्ष हि्वलचेयरमा हिँडेकी डेलियालाई यसपालिको क्रिसमस आगमनकै पूर्वसन्ध्यामा ठूलो बरदान मिलेसरह भयो । ब्रिटिस आध्यात्मिक चिकित्सकका बारेमा कतै सुनेकी डेलिया नपत्याई-नपत्याई आध्यात्मिक गुरुको शरणमा पुगेकी थिइन् । त्यहाँ पुगेको केही क्षणमै त्यस्तो दाजुमय क्षण सिर्जना भयो- विकलाङ्ग डेलिया आफ्नै खुट्टाको सहारामा तन्दुरुस्त व्यक्तिझैं उभिन र हिँड्डुल गर्न सक्षम भइन् । उनको यो अलौकिक क्षणलाई क्यामेरामा समेत कैद गरिएको छ भने ‘यु ट्युव’ मा यतिखेर यो प्रसङ्ग निकै लोकप्रियताका साथ प्रसारित भइरहेको छ ।