आँधी छेक्ने गुलाब -देश सुब्बा

आँधी छेक्ने गुलाब -देश सुब्बा


ए गुलाब !

मलाई तिम्रो
सौन्दर्य इर्ष्या लाग्छ
फक्रेको यौवन लोभ लाग्छ
मुस्कान पीडा लाग्छ
सहनशीलता क्रोध लाग्छ
किनभने म मान्छे हँु

ममा तिम्रो गुण छैन
तिमी गुलाबी गुणले सुखी छौँ
मलाई तिम्रो सुख जलन लाग्छ
म गुलाब हुने कोशिस गर्छु
तर म सक्दिनँ
किनभने म मान्छे हुँ

ए गुलाब !
तिमी मुस्कुराएर आँधी छेकिरहेको देख्छु
हृदय खोलेर चट्याङ स्वागत गरिरहेको देख्छु
तिमी मान्छेभन्दा महान छौँ
किनभने तिमी सबै सबै खुशीसाथ सहन सक्छौ
ए गुलाब !