रामचन्द्र हार्नुको कारण पार्टीकै अन्तर्घात !

रामचन्द्र हार्नुको कारण पार्टीकै अन्तर्घात !


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पराजयका लागि बाम गठबन्धन कारक नभई पार्टीभित्रैबाट घात गरिँदा आफू चुनाव हार्न पुगेको बताएका छन् । आजसम्म अपराजित रहँदै आएको परिवेशमा यसपटक किन चुनाव हार्नुभयो भन्ने सवालमा उनले पार्टीको अन्तर्घाततर्फ औंल्याएका हुन् ।

यसबैबीच नेपाली कांग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पु¥याएको भन्दै हिजो मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले उनलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको बुझिएको छ ।

तनहुँ कांग्रेसले जनाएअनुसार जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं. १ वाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

यदि जोशीले रामचन्द्रलाई सहयोग नगरे पनि विरोधि अभियान सञ्चालन नगरेका भए यसपटक पनि तनहूँमा पार्टी शानदारसँग विजयी हुने कांग्रेसजनको दाबी छ ।