भीडमा थिच्चिएर मर्नेको संख्या ३७८

भीडमा थिच्चिएर मर्नेको संख्या ३७८


लण्डन । वर्षायामको अन्तमा मनाउने पानी खेल्ने पर्वको अन्तिम दिनमा कम्बोडियाको राजधानी नोमपेन्ह नजिकैको एउटा टापुमा झोलुङ्गेपुलमाथि अत्यधिक भीड हुँदा पुल लच्किएर खस्किन आँटेको बेलामा भागदौड मच्चिँदा ३७८ जना मरिनुका साथै ३९५जना घाइते भएको समाचार कम्बोडियाको राष्ट्रिय प्रसारण गरिने टीभी बेरोनले सम्प्रेषन गरेको छ ।
हिजो सरकारले सो घटनालाई उद्धृत गर्दै भोलि राष्ट्रिय शोक मनाउने घोषना गरेको छ । प्रधानमन्त्री हुनसेनले यो दुःखदायी घटनालाई सन् १९७० ताका त्रासदीपूर्ण खमेररुजका शासनकालमा १७ लाख जनताहरु मारिएपछिको सबैभन्दा ठूलो दर्दनाक घटना हो भनेर वक्तव्यमा भनेका छन् । थिच्चिएर मारिएको यो घटनालाई उनले…विगत ३१ वर्षभित्र हामीले अनुभव गरेका सबैभन्दा ठूलो यो दुःखदायी घटना हो र मरिएका दिवंगत आत्माहरुका शान्तिका लागि भोलि राष्ट्रिय समवेदना अर्पण गर्नेछौ… भनेका छन् । दुर्घटना स्थलको छेउमा पुलिस अधिकारीहरुले पुलनजिकै मारिएका र घाइते भएका मानिसहरुको जुत्ताहरु थुप्रो हेरिरहेका बेलामा बौद्धसन्तहरुले मंगल उच्चारण गर्दै प्रार्थना गरिरहेका थिए । वार्षिक रुपमा मनाइने तीन दिने पानी पर्वको अन्तिम दिन अबेर सोमवार राजधानीको डाइमण्ड गेट ब्रिजमा भागदौड मच्चिएर थिच्चिएको घटनाको कारण अहिलेसम्म रहस्य खुल्न सकेको छैन । प्रत्यक्षदर्शी, ४५ वर्षीय छुन श्रेपोङले …. यस्तो पनि हुनसक्दो रहेछ भनेर सबै त्रसित भएका छन् … भनेर समाचारदातालाई भनेकी थिईन् । त्यस घटनामा मर्नेहरु धेरै युवा र किशोरवयका मानिसहरु थिए । दुर्घटनाबाट बचेका मानिसहरुले ३ घण्टासम्म मान्छे माथि मान्छे पुरिएका थिए भनेका छन् । धेरै भीड भएकाले प्रहरीले पानीको गोला प्रहारबाट मानिसहरुलाई तितरबितर गरेका थिए । राजधानीको खमेर सोभियत अस्पतालमा आफन्तहरुले नलगेका सयजना लाशहरुलाई सेतो च्यादर ढाकेर भुँइमा सुताएको दृष्य देखेर नातेदारहरु रोएका थिए । श्रोत – मेट्रो, सुमल, मेस ।