(कविता)धर्ती -गुरु केदार वराल

(कविता)धर्ती -गुरु केदार वराल


यस धर्तीमा जन्म लिएपिछ
धर्तीको बोझ हुनु भएन
ईश्वरले जे काम अह्राएका छन्
त्यो गर्न छुटाउनु भएन ।
संसारको रीत नै कस्तो
मान्छे एकै भए पनि
गुण-आचरण नमिल्दो रहेछ
एकै खानपिन भए पनि ।
धर्तीको माटो नै ईश्वर हो
ईश्वरीय तत्व त्यही छ

जीव जगतको पालनकर्ता

कति ठूलो खुवी छ ।
कति अनौठो छ यो धर्ती
पिरो-अमिलो गुलियो फलाउँछ
किटाणुदेखि हात्तीसम्मलाई
आहार विहार गराउँछ ।
यही धर्तीले गर्दा हामी
मानिस भएर जन्मियौं
यही धर्तीको खुबीले गर्दा
संसार देख्न पायौं ।
न्याय अन्याय सबै सहन्छ
पीडा उसलाई हुँदैन
कति महान छ यो धर्ती
कसैलाई विभेद गर्दैन ।